खानेपानी घरमै आईपुगे पछि बाजा बजाएर नाचे पोखरा ३२ का नागरिक,३६४ घरमा पुग्यो खानेपानी ।

खानेपानीको ट्याङकीको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी । तस्बिर- दिक्षान्तप्रताप खाँण

पोखरा :
पोखरा महानगरपालिका वडा नं. ३२ ढोडबेसी,मालेपाटन क्षेत्रका नागरिक घरमा नै खानेपानी आईपुगे पछि हर्षित भएकाछन् । बर्षौं देखी खानेपानीको समस्या झेल्दै आएका उनीहरु खानेपानी सहज भए पछि बाजा गाजा सहित खुसियाली मनाएका हुन् ।
गण्डकी प्रदेश सरकारको एक घर एक धारा अभियान अन्तगर्त सो क्षेत्रका ३६४ परिवारमा खानेपानी पुगेको हो ।
गण्डकी प्रदेश सरकारको दुई करोड ६८ लाख र उपभोक्ता समितिको २९ लाख ७८ हजारको लागतमा खानेपानी घर घरमा पुर्याईएको ढोडबेसी मालेपाटन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मिन बहादुर गुरुङले जानकारी दिनुभयो । ११ किलोमिटरको दुरीमा रहेको सिम्लेखोला मुहानबाट ल्याएको पानी ढोडबेसी,मालेपाटन क्षेत्रका ३६४ घरमा पुर्याईएको हो ।
ढोडबेसी मालेपाटन खानेपानी उपभोक्ता तथा सरसफाई समिति र खानेपानी आयोजनाको सहकार्यमा निमार्ण भएको एक लाख ५० हजार घनमिटर पानी संकलनका लागी निर्माण भएको टंकीको गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले उदघाटन गर्नु भएको हो ।
मन्त्री अर्यालले खानेपानी कै समस्याका कारण आफू बसिरहेको ठाउँ छोडेर अन्यत्र जाने क्रम रोक्नका लागि प्रदेश सरकारले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“गाउँगाउँमा खानेपानीको समस्या छ जसको कारण उनीहरु ब्साई सर्न बाध्य छन्, हामी यसलाई रोक्न घरघरमा नै खानेपानी पुर्याउने अभियानमा छौं ।”
गण्डकी प्रदेश सरकार गठन पछिको पहिलो बैठकबाट नै प्रदेशको खानेपानी र खेती योग्य जमिन सिंचाइका लागी प्राथमिकताका साथ काम गर्ने निणय गरे बमोजिम काम भईरहेको मन्त्री अर्यालको भनाई छ ।

खानेपानीको ट्याङकीको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी लगायत । तस्बिर-दिक्षान्तप्रताप खाँण
खानेपानीको ट्याङकीको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी लगायत । तस्बिर-दिक्षान्तप्रताप खाँण

खानेपानी र सिंचाईको समस्या भएका ११ वटै जिल्लाका गाउँगाउँको विवरण तयार भईसकेको जानकारी दिनुहुँदै मन्त्री अर्यालले नागरिकको सहज खानेपानी उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न प्रदेश प्रतिबद्ध रहेको बताउनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेश उर्जा,जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव सन्तोष कैनीले कास्की लगाएत प्रदेशका ११ वटै जिल्लामा खानेपानी र खेती योग्य जमिनको सिंचाईका लागी योजनाबद्ध रुपमा काम अगाडि बढाईएको जानकारी दिनुभयो ।
सो अबसरमा गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ,ढोडबेसी मालेपाटन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मिन बहादुर गुरुङ ,पोखरा महानगर पालिका ३२ का अध्यक्ष अक्कल बहादुर कार्की , खानेपानी डिभिजन कार्यालय स्याङ्जाका डिभिजन इन्जनियर हरि प्रसाद तिमिल्सीना ,उपभोक्ता राधा वाग्ले लगाएतले बोल्नु भएको थियो ।

Facebook Comments Box
TOP