नेपाल शिक्षक महासंघद्वारा वालिङमा ज्ञापनपत्र
वालिङ :
नेपाल शिक्षक महासंघ वालिङले वालिङ नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । संघीय शिक्षा ऐनमा शिक्षक महासंघसंँग भएको सम्झौता नसमेटिएको भन्दै ज्ञापनपत्र सहित धर्ना कार्यक्रम गरेको हो । संघीय संसदमा पेश गरिएको विद्यालय शिक्षा विधेयक २०८० प्रति नेपाल शिक्षक महासंघले गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसले समस्त शिक्षा जगतमा निराशा र भविष्य अन्धकारतर्फ लगिएको ज्ञापनपत्रमा उल्लेख छ । उक्त विधेयकप्रति असहमति जनाउँदै २०२८ को शिक्षा ऐन भन्दा उक्त विधेवयक प्रतिगामी भएको उल्लेख छ ।
नेपाल शिक्षक महासंघले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाईएको निश्चित बुँदाहरुको संशोधनको प्रतिलिपि सहित महासंघले वालिङ नगर प्रमुख कृष्ण खांँणलाई ज्ञापन पत्र बुझाएको हो ।
नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य यामबहादुर कुँवरको उपस्थितिमा नेपाल शिक्षक महासंघको केन्द्रीय समितिको निर्देशन बमोजिम वालिङमा पनि धर्ना कार्यक्रमसहित ज्ञापनपत्र बुझाएको हो ।
वालिङ सहित जिल्लाका ११ वटै पालिकामा ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराईएको हो । शिक्षा ऐनमा महासंघको मागहरु सम्बोधन हुनेगरी प्रस्तावित विधेयकमा आवश्यक संशोधन गर्न पालिकाले आवश्यक पहल, पैरवी र सहयोग गर्न अनुरोध गर्दै ज्ञापन पत्र बुझाईएको नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मीले बताउनुभयो ।
महासंघको माग सम्बोधन नभएमा जिल्ला, प्रदेश र केन्द्रीय तहमा केन्द्रित हुने भन्दै यो अभियानमा सहभागी हुन सम्पूर्ण शिक्षकहरुलाई आग्रह समेत गरेको छ । यदि माग सम्बोधन नभए विद्यालय बन्द नै गरेर काठमाडांै केन्द्रित आन्दोलनमा सहभागी हुन बाध्य हुने भन्दै त्यसबाट पर्ने असरप्रति स्वयं संघीय सरकार जिम्मेवार हुनुपर्ने, विद्यालय बन्दको क्षतिपूर्ति अन्य विदाको दिनहरुमा विद्यालय सञ्चालन गरेर पूरा गर्ने महासंघले जनाएको छ । बालबालिकाहरुको पढ्न पाउने अधिकारप्रति सदैव जिम्मेवार रहेको महासंघले जनाएको छ । उता भीरकोटमा पनि ज्ञापन पत्र बुझाईएको छ । नगरप्रमुख गोविन्दकुमार कर्माचार्यलाई ज्ञापन पत्र बुझाईएको हो ।
साउन ३० मंगलबार हरेक शिक्षा विकास तथा समन्वय इकाईमा जिल्लाका शिक्षक तथा कर्मचारी उपस्थित भई बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म तीन घण्टा धर्ना दिने तथा ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति सहित केन्द्रबाट पठाएको जानकारी पत्र पेस गर्ने कार्यक्रम रहेका उपाध्यक्ष रेग्मीले बताउनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि
पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…


