१ क्विन्टल भनिएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम

काठमाडौं :
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट छुट्टयाएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको हो ।
गाल्नुअघि यो सुन ६० किलो ७८९ ग्राम थियो । गाल्दा खेरि सुन ७३ ग्राम घटेको छ ।
राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शु सहितको तौल लिइएको थियो ।
सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो । सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो ।
सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ । Pic-web
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…