गल्याङ : जिमुवा आधारभुत स्वास्थ्य सेवा केन्द्रको आफ्नै भवनबाट सेवा प्रवाह सुरु ।
गल्याङ :
गल्याङ नगरपालिका वडा नं.११ जिमुवामा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रले आफ्नै भवनबाट सेवा प्रवाह शुरु गरेको छ । गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले आईतवार नयाँ भवनबाट सेवा प्रवाह शुभारम्भ गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टराईले नगरवासी हरेक नागरिकलाई हुनेगरी सहज स्वास्थ्य सेवाको पहुँचका लागि आफू प्रतिबद्ध रहेको बताउनु भयो । पालिकाको अधिकांश भुभाग ग्रामिण भेगमा रहेको भए पनि नागरिकलाई आधारभुत सेवा प्रवाहका लागि आफूहरको विशेष ध्यान रहेको प्रमुख भट्टराईको भनाई छ । उहाँले भन्नुभयो, “नागरिकलाई वडातहमा नै शिक्षा,स्वास्थ्य लगायतका आधारभुत सेवा प्रवाहका लागि पालिकाले विशेष योजना बनाएको छ ।”
केही समय पहिले प्रत्येक वडातहमा एकिकृत शिविर सञ्चालन गरेको स्मरण गर्दै प्रमुख भट्टराईले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने जानकारी गराउनु भयो ।

स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा विस्तार गर्दै विशेषज्ञ सेवा सहितको आँखा र दाँतको उपचार, बर्थिङ सेन्टर सञ्चालन गरेर स्वास्थ्यका सबैखाले सेवालाई प्रभावकारी रुपमा जनताको घर घरमा पु¥याउने अभियानका साथ आफू लागेको नगरप्रमुख भट्टराईको भनाइ छ ।
कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपाने,नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु ओली,पुर्व वडाध्यक्ष एवम् स्वास्थ्य केन्द्र समितिका अध्यक्ष शंकर अधिकारी, निर्माण समिती अध्यक्ष चिरञ्जीवी कंडेल, वडा न ११ का वडासदस्य मोहन डुम्रे , कार्यालय प्रमुख केशरी थापा लगाएतले बोल्नुभएको थियो ।
गल्याङ नगरपालिकाको आ. व. २०७९/०८० मा करिव २६ लाखको लागतमा तयार गरिएको स्वास्थ्य केन्द्र बाट वडा न ११ र आसपास का करिव दुई हजार पाँच सय परिवार लाभान्वित हुने पालिकाले जनाएको छ । स्वास्थ्य सेवा केन्द्रको निर्माण र सेवा प्रवाहबाट आफुहरु खुशी भएको स्थानिय रुमलाल कंडेलले बताउनुभएको थियो ।

भवन निर्माणका लागि २ रोपनी जग्गा नरहरि अधिकारी,शुशिला अधिकारी, रुमलाल अधिकारी, पार्वती अधिकारी,नुरकान्त अधिकारी,गोमता अधिकारी, चुरामणि अधिकारी,टोम कला अधिकारी, प्रेम नारायण अधिकारी,इन्द्र कुमारी अधिकारी, भिमलाल अधिकारी,अम्बिका अधिकारी,सीताराम अधिकारी, राधिका अधिकारी,शान्ता अधिकारी, ढाकाराम अधिकारी,विष्णु अधिकारी,कृष्ण प्रसाद अधिकारी, कमला अधिकारी,टिकाराम अधिकारी रेनुका अधिकारी लगायतले निःशुल्क जग्गा उपलब्ध गराउनु भएको निर्माण उपभोक्ता समितिका सचिव चक्रपाणी कंडेलले बताउनु भयो ।
गल्याङ नगरपालिका वडा नं.११ का वडा अध्यक्ष दलबहादुर सिंजालीेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य निर्माण उपभोक्ता समितिका सचिव चक्रपाणी कंडेलले र कार्यक्रमको सञ्चालन तुलसी भञ्ज्याङ स्वास्थ्य चौकीका प्रमुख तुलसी राम बरालले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


