गल्याङ नगरपालिकाको बार्षिक समीक्षा कार्यक्रम सम्पन्न

टिकाराम अधिकारी/गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिका जिल्लामा नै सबैभन्दा बढि योजना सम्पन्न गर्न सफल पालिका भएको जनाएको छ ।
बुधबार स्याङ्जाको गल्याङ नगरपालिकाले गल्याङ नगरपालिकाको सिटीहलमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममामा बोल्दै नगर प्रमुख गुरु प्रसाद भट्टराईले जिल्ला मै सफल पालिका भएको दावी गर्नु भएको हो ।
नगर प्रमुख भट्टराईले प्राप्त उपलब्धीलाई आधार मानेर अझ बढि जनताको सेवामा लाग्न आग्रह गर्नुभयो । उहाँले भएका स्रोत साधान र जनशक्तिको अधिकतम प्रयोग गरि स्थानीयको आवश्यकतालाई केन्द्रमा राख्न आग्रह गर्नुभयो । नगरप्रमुख भट्टराईले सेवाग्राहीको गुनासो नआउने गरी काम गर्न पनि कर्मचारीलाई निर्देशन दिनुभयो ।
उहाँले भन्नु भयो,“जनताका भावनालाई सम्मान गर्ने खालका काममा अगाडि बढ्न आग्रह गर्दै जनताको भावनामाथी खेलवाड गर्ने अधिकार कसैलाई पनि नभएको र कर्मचारी आफ्नो कर्म प्रति लगानशिल भएर अगाडि बढ्न आश्वक छ ।”
नगर उपप्रमुख हेमा न्यौपानेले राम्रो नतिजा निकाल्न सबैभन्दा बढि भूमिका कर्मचारीको हुने भन्दै आफ्नो काममा अझै बढि दत्तचित्त भएर लाग्न आह्वान गर्नुभयो । नगरपालिकाले गरेका सकारात्मक कामहरुलाई अझै बढाउँदै जानुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले सबैभन्दा धेरै योजना सम्पन्न गर्नेमा स्याङ्जा जिल्लामा नै गल्याङ नगरपालिका पहिलो भएको दावी दोहोर्याउनु भयो ।
उहाँले आर्थिक वर्ष २०७९/८० मा सम्झौता भएका ६ सय ३१ वटा उपभोक्ता समिति मार्फत सञ्चालन भएका योजना मध्ये ६ सय १२ वटा योजना सम्पन्न भएको जानकारी दिनुभयो ।
शर्माले कुल रकमको ८९ प्रतिशत खर्च गर्ने गल्याङ नगरपालिका नै जिल्लामा एकमात्र रहेको जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत शर्माले २१ वटा ठेक्का सम्झौता भएका योजनाहरु मध्ये १६ वटा योजना सम्पन्न भएको र पाँच वटा सञ्चालनको क्रममा रहेको जानकारी दिनुभयो ।
वार्षिक समीक्षा कार्यक्रममा पेश भएको विवरण अनुसार गल्याङ नगरपालिकाको वडा नम्बर १ र २ मा ५३/५३ वटा र वडा नम्बर ३ मा ५१ वटा गरी सम्झौता भएका सबै योजना सम्पन्न भएका छन् । वडा नम्बर ४ मा ४५ वटा मध्ये ४३ वटा योजना सम्पन्न भएका छन् भने वडा नम्बर ५ मा ५१ वटा योजना मध्ये ४७ वटा योजना सम्पन्न भएका छन् ।
यस्तै, वडा नम्बर छ मा सबै ५२ वटै योजना सम्पन्न हुँदा वडा नम्बर सात मा ५६ योजना मध्ये ५३ योजना सम्पन्न भएका छन् । वडा नम्बर ८ मा ४७ योजना मध्ये ४४ योजना सम्पन्न भएका छन् । गल्याङ नगरपालिकामा नै सबैभन्दा धेरै ७८ योजना रहेको वडा नम्बर ९ मा ७८ वटै योजना सम्पन्न भएका छन् । वडा नम्बर १० मा ७१ योजना मध्ये ६४ योजना सम्पन्न हुँदा वडा नम्बर ११ मा सम्झौता भएका सबै ७४ वटै योजना सम्पन्न भएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले वडामा धेरै योजना बनाउन भन्दा पनि देखिने र परिणाम दिने खालका थोरै योजना बनाउन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा ११ वटै वडाका सचिवहरु तथा गल्याङ नगरपालिकाका कृषि शाखा, पशु सेवा शाखा,शिक्षा तथा खेलकुद शाखा,स्वास्थय शाखा, सामाजिक विकास शाखा, राजस्व शाखा, योजना शाखा, लेखा शाखा, प्रधानमन्त्री रोजगार शाखा, स्टोर्स शाखा,कानुन न्याय शाखा, प्राविधिक शाखा नगर अस्पताल शाखा, मेडपा, वन वातावरण तथा खानेपानी शाखाले आफ्नो आफ्नो बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए ।
शाखाहरुबाट वार्षिक प्रगति प्रतिबेदन पेश गरिएको थियो । प्रतिबेदन प्रस्तुतिका क्रममा कर्मचारीलाई आवश्यक तालिम, रिक्त कर्मचारीको पदपूर्ति, प्रदेश र संघका योजनाको बारेमा बेलैमा जानकारी गराउनुपर्ने, स्थानीयलाई नगरपालिकाप्रति बढ्दो परनिर्भरता कम गर्नुपर्ने, अनुदानमूखी कार्यक्रम कम गर्नुपर्ने, कृषि फम नविकरणमा सचेत गराउनुपर्ने, बाँदरको समस्या समाधानमा पहल लिनुपर्ने लगायतका सुझाब पनि दिइएको छ ।
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत नगर उपप्रमुख हेमा न्यौपानेले र कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक साहयक हिमलाल भण्डारीले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…