बारामा बस दुर्घटना, ७ जनाको मृत्यु तथा १९ जना घाइते ।
काठमाण्डौ:
बाराको चुरियामाईमा काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको तीर्थालु बोकेको बस सडकबाट ५० मिटर तल पल्टिँदा एक जना नेपालीसहित छ जना भारतीय नागरिक गरी ७ जनाको मृत्यु भएको छ । अन्य १९ जना घाइते छन् ।
मधेस प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस पल्टिँदा महोत्तरी जिल्ला लोहारपट्टीका विजय पण्डित र ६ जना भारतीय नागरिकको मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार मृत्यु हुने भारतीय नागरिकहरुमा राजस्थानका श्रीकान्त चतुर्वेदी, बहादुर सिंह, सत्यवती, मीरा देवी, राजेन्द्र चतुर्वेदी र वैजनती देवी छन् । उनीहरू ६० वर्षदेखि ७० वर्ष उमेर समूहका रहेको उनले बताए ।
जनकपुर–७ का जिलामी खानसहित उनका सहयोगी सहचालक अन्य २ जना गरी ३ जनालाई प्रहरीले जनकपुरबाट घाइते भएको अवस्थामा नियन्त्रणमा लिएको छ । बिहीबार बिहान २ बजे बस दुर्घटना भएको हो । घाइतेहरूको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए । तीव्र गतिमा रहेको बसका चालक निदाएकोले दुर्घटना हुन सक्ने अनुमान गरिएको उनले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ । घटनास्थलबाट चालकको मोबाइल बरामद भएपछि अरू विवरण भेटिएको प्रहरीले जनाएको छ । बसमा चालक दलका ३ जनासहित २७ यात्रु बसमा थिए । उक्त बस चुरियामाई मन्दिरबाट सय मिटर दक्षिण तर्फको खोलामा खसेको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


