घरघरमै सुत्केरी पोषण एवं परामर्श सेवा
भीरकोट :
भीरकोट नगरपालिका वडा नं ले आव २०८०÷८१ मा नयाँ नयाँ कार्यक्रम सुरू गरेको छ। “सुत्केरीलाई पोषण र परामर्श सेवा” नाम दिइएको कार्यक्रम अन्तर्गत वडाका जनप्रतिनिधि , स्वास्थ्य चौकीका अनमी र प्रमुख, आमा समुहका प्रतिनिधि सुत्केरी आमाको घरमै पुगेर कुखुराको भाले र न्यानो कपडा प्रदान गर्न थालेका छन्। घरदैलोमै पुग्ने स्वास्थकर्मीले आमा र बच्चाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिइ आवश्यक स्वास्थ्य सेवा र परामर्श दिने गर्दछन् भने जनप्रतिनिधिले सुखदुःख र अन्य समस्याका बारेमा समेत जानकारी लिन्छन्। २ जना सुत्केरी आमाहरूलाई कुखुराको भाले र अन्य पोषण सामाग्री दिएर बिहीबारबाट कार्यक्रमको शुभारम्भ गरिएको छ। माझखर्ककि कुसुम खनाल र शालीकोषकी सावित्रा सुनुवारलाई पोषण र परामर्श सेवा दिइएको वडाले जनाएको छ।
“सुत्केरीलाई पोषण र परामर्श सेवा ” कार्यक्रम कार्यान्वयन गर्न वडाले १ लाख रूपैयाँ बजेट छुट्याएको वडा अध्यक्ष नन्दलाल खनालले जानकारी दिए।फिल्डमा सँगै खटिने वडा सचिवले जन्मदर्ताका लागि आवश्यक पर्ने कागजात जुटाउने र ३५ दिन भित्रै जन्मदर्ता गर्नुपर्ने विषय आमाबाबुलाई बुझाउने गर्दछन्। सरोकारवाला सबैको सहकार्य रहने यो कार्यक्रम बालमैत्री भीरकोट अभियानलाई सार्थकता दिन अगाडि सारिएको वडा अध्यक्ष खनालको दावी छ। वडामा औषत रूपमा ३५ जना महिला सुत्केरी हुने गरेको वडा कार्यालय र स्वास्थ्य संस्थाको तथ्यांकले देखाएको छ। बजेटले अधिकतम ५० जना सम्मलाई पोषण सुविधा दिन सकिने वडा अध्यक्षको भनाई छ। यसअघि नै नगरपालिकाले प्रोटोकल अनुसार नियमित रूपमा स्वास्थ्य संस्थामा गर्भपरीक्षण गराउने, स्वास्थ्य संस्थामै बच्चा जन्माउने र ३५ दिनभित्रै जन्मदर्ता गराउने आमाहरूलाई पोषण भत्ता बापत नगद ५ हजार रूपैयाँ बैंक खातमार्फत दिंदै आएको छ। गत आव २०७९÷८० मा मात्रै १ सय ९४ जना सुत्केरी आमाहरूले पोषण भत्ता वापतको सुविधा लिएका छन् ।
समाचार
थप सामाग्री-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि
पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…


