सावित्रा भण्डारीद्वारा युरोपियन क्लबमा डेब्यू खेलमै गोल ।
काठमाण्डौ:
नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड सावित्रा भन्डारी साम्बाले इजरायलको क्लब हापोएल रानानामा डेब्यू गर्रदै एक गोल पनि गरेकी छिन्। अनेथा कप अन्तर्गत हादेराविरुद्ध खेलमा साम्बाले क्लबका लागि डेब्यू गरेका हुन्।
खेलमा अदी गोल्डेन र साम्बाले एक एक गोर्दा रानानाले २-० गोलको जित निकाल्यो। यससँगै साम्बा युरोपियन क्लबका लागि गोल गर्ने पहिलो नेपाली खेलाडी समेत बनेकी छिन्। इजरायलको महिला लिग भने अगस्ट ३१ बाट सुरू हुँदैछ। आठ टिमबीच प्रतिस्पर्धा हुने लिगमा साम्बाको टिम रानानाले अगस्ट ३१ मा इरोनी रामतसँग खेल्नेछ।
साम्बा गत जेठ अन्तिम साता युरोपियन महासंघमा आबद्ध भएर फुटबल खेल्ने इजरायलको शीर्ष डिभिजनको क्लब रानानामा आबद्ध भएकी थिइन्। घरेलु लिगमा एपिएफबाट खेल्ने साम्बा यसअघि गोकुलम केरेलाबाट भारतीय महिला लिग खेलेकी थिइन्। दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये एक रहेकी उनले उक्त लिगमा २९ गोल गर्दै सर्वाधिक गोलकर्ता मात्र बनिनन्, उनी आवद्ध गोकुलमले लिग नै जितेको थियो।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


