वालिङमा स्कुटरको ठक्करबाट आमाछोरी घाईते ।
वालिङ :
वालिङमा स्कुटरको ठक्करबाट गएराती आमाछोरी घाईते भएकाछन् । स्याङ्जा वालिङ ८ कटहरबोट स्थित भित्रि सडक खण्डमा वालिङबाट भुम्रे तर्फ जाँदै गरेको ग ११ प ८३९६ नं. को स्कूटरले वालिङ १० बस्ने २८ बर्षीय एलिसा थापालाई ठक्कर दिएको हो । दुर्घटनामा परि थापाकी ११ महिनाकी छोरी विरिता थापा पनि घाईते हुनु भएको छ । घाईते आमाछोरीको वालिङ प्राथमिक अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता प्रहरी नायव उपरिक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो । । आमाको अवस्था सामान्य रहेको उहाँको भनाई छ ।
स्कूटर चालक भिरकोट नगरपालिका ५ का २९ बर्षीय राम सेन र स्कूटरलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


