स्याङ्जामा दुई मोटरसाईकल एक आपसमा ठोकिदा चार जना घाईते ।
वालिङ, साउन १७ गते ।
स्याङ्जाको गल्याङमा दुई मोटरसाईकल एकआपसमा ठोकिदा जार जना घाईते भएकाछन् । सिद्धार्थ राजमार्ग अन्तर्गत गल्याङ नगरपालिका वडा नं. ८ चिउरीमा गएराती दुई मोटरसाईकल ठोकिएका हुन् । वालिङबाट गल्याङ तर्फ जाँदै गरेको म.प्र.०३–०२९ प. २८८३ नं. को मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको लु १४ प ५३८७ नम्वरको मोटरसाईकल एक आपसमा ठक्कर खाएका हुन् ।
दुर्घटनामा परि गल्याङ ११ का ३७ बर्षीय पदम सिंजाली,कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ का २६ बर्षीय सन्देश गुरूङ, वालिङ ९ का २६ बर्षीय बिशाल हिताङ्,पर्साको बिरगन्ज महानगरपालिका २ घण्टाघर घर भई वालिङ बस्दै आएका २० बर्षीय भोला चौधरी घाईते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरिक्षक पदमराज थापाले जानकारी दिनुभयो ।
घाईते चारै जनाको वालिङ प्राथमिक अस्पतालमा उपचार भईरहेको छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
१ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


