शिष्ट र अनुशासीत व्यक्तिले मात्रै समाज परिवर्तन गर्न सक्छ : नगर प्रमुख भट्टराई

गल्याङ :
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले शिष्ट र अनुशासीत व्यक्तिले मात्रै समाज परिवर्तन गर्न सक्ने बताउनु भएको छ । उहाँले भन्नुभयो,“शिष्ट र अनुशासीत व्यक्तिले आफ्नो जीवनलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्न सक्छ त्यस्तै समाजको नेतृत्व पनि गर्छ सक्छ ।”
शनिबार स्याङ्जाङ्जाको गल्याङ नगरपालिकाको आर्थिक सहयोगमा गल्याङ नगरपालिका वडा नं.१ मालुङ्गा स्थित वडा भवनमा आयोजित स्टेज उद्घोषण तथा माइन्युट लेखन ६ दिने तालीमको समापन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भयो ।
नगर प्रमुख भट्टराईले भन्नु भयो बोल्ने पनि मानिसको एउटा कला हो त्यसलाई सहरुपमा प्रयोग गर्नु पर्ने र मानवीय जीवनलाई सहज र प्रभावकारी बनाउन र हरेक योजनाहरुलाई कागजी प्रक्रिया पुरागर्नका लागि भाषको माधयमबाट लेख्नु पर्ने भएकाले लेखन सीपको विकासका यस्तो तालिमको आयोजना गरिएको कुरा बताउनु भयो ।
उहाँले भन्नु भयो मानिसलाई सीप दिन सकियो भनेमात्रै आत्मनिर्भर बनाउन सकिने र आम्दानीको पक्षमा जोडेर अगाडि वढ्न टेवा पुग्ने भएकाले हरेक गाउँबस्तीमा यस्ता तालिम सञ्चालन गर्न आवश्यक भएको कुरा बताउनु भयो ।
उहाँले हामीले नगरपालिका भित्रका जनतालाई देखिने गरि विकास निर्माणको अभियान थालनी गरेको र त्यसको सकरात्मक सन्देश जनताका माझमा लगेर अनुभूती दिने प्रयासमा नगरपालिका लागेको कुरा बताउनु भयो ।

कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपानेले महिला दिदीबहिनीलाई सीप सिकाएर आर्यआर्जनको बाटो बलियो बनाउने र नगरले गरेका कामलाई प्रचार गरिदिन समेत आग्रह गर्दै तालीममा सिकको सीपलाई जीवन उपयोगी बनाउन आग्रह गर्नु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.१ का वडासदस्य बिक्रम पाण्डे, डोलमाया बस्याल, सहभागीको तर्फबाट सरस्वती बस्याल, निर्मला न्यौपाने पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नु भएके थियो ।
कार्यक्रममा ५० जना महिलाहरुको सहभागिता रहेको तालिममा श्रीकृष्ण सिग्देल,अमृत अर्याल, तोलाकान्त बगाले, केपी खनाल, टिकाराम अधिकारी, नारायण विश्वकर्मा लगायतले प्रक्षिण दिनु भएको थियो ।
गल्याङ नगरपालिका वडा नं.१ का वडाअध्यक्ष मणि प्रसाद बस्यालको अध्यक्षताम भएको कार्यक्रमको स्वागत मन्तव्य वडासदस्य पम्फा नेपालीले र कार्यक्रमको सञ्चालन संजीवनी न्यौपानेले गर्नु भएको थियो ।
त्यसै गरी गल्याङ नगरपालिका वडा नं.३ को कार्यालयमा पनि तालिम सम्पन्न भएको थियो कार्यक्रमको प्रमुख अतिथि गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने र अध्यक्षता गल्याङ नगरपालिका वडा नं.३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…