स्याङ्जामा जिल्लास्तरीय ३ किलोमिटर अण्डर २३ पुरुष दौड प्रतियोगिता

स्याङ्जा : 
स्याङ्जाको पुतलीबजारमा २३ वर्ष मुनिकाको दौड प्रतियोगिता सम्पन्न भएको छ । ड्रिम चेजर युथ क्लब पुतलीबजार १३, स्याङ्जाले जिल्लास्तरीय ३ किलोमिटर अण्डर २३ पुरुष दौड प्रतियोगिताको आयोजना गरेको हो । समाज विकास युवाको काँधमा भन्ने नाराका साथ स्थापना भएको क्लबले खेलकुदको विकास र सामाजिक काममा युवा सहभागिता बढाउने उद्देश्यले क्लब स्थापना गरिएको थियो ।

प्रतियोगितामा पुतलीबजार १३ का यामबहादुर केसी प्रथम, अर्जुनचौपारी गाउँपालिकाका फनबहादुर रोका द्धितिय र अर्जुनचौपारीकै विशाल रोका तृतिय भएका छन् । प्रतियोगिताका विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्दै पुतलीबजार नगरपालिकाका उपप्रमुख देवि अर्यालले खेलकुदले युवाहरुलाई शारिरिक विकास संगै मानसिक विकासमा समेत सहयोग पुग्ने भन्दै क्लबले खेल क्षेत्रको विकासका लागी यस्ता प्रतियोगिताको आयोजना गर्नु निकै सराहनीय भएको बताइन् । खेल क्षेत्र र खेलाडीको विकासका लागी पुतलीबजार नगरपालिका प्रतिवद्ध रहेको भन्दै युवाहरुले समाज विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने उपप्रमुख अर्यालले आग्रह गरिन् ।

कार्यक्रममा वडा अध्यक्ष जुद्धबहादुर थापा, स्याङ्जा भलिबल संघका उपाध्यक्ष दिपेन्द्र खांण, क्लबका अध्यक्ष रविन गोदार लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः ७ हजार ७७७, ४ हजार ४४४ र २ हजार २२२ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा जिल्लाका १६ जनाको सहभागिता रहेको थियो । दौड प्रतियागितामा कुलबाँध स्थित दियालो आधारभूत विद्यालय देखि तोरीखोला पुलसम्मको दुरी निर्धारण गरिएको थियो । क्लबले पुतलीबजार १३ मा नगरपालिकाको सहयोगमा चौर निर्माण गरिरहेको क्लबका अध्यक्ष गोदारले बताए ।

Facebook Comments Box
TOP