सूचना प्रविधिको प्रयोगलाई सहि रुपमा सदुपयोग गरी पत्रकारिता गर्नुपर्ने : पूर्व मन्त्री बस्नेत

स्याङजा :
प्रेस चौतारी नेपाल स्याङजा शाखाको वार्षिक साधरण सभा सम्पन्न भएको छ । प्रेस चौतारी स्याङजा शाखाले वार्षिक साधरण सभा तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले सूचना प्रविधिको प्रयोगलाई सहि रुपमा सदुपयोग गरी पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बढ्दो प्रविधिको युगमा प्रेस जगतलाई अपडेट गरी आम नागरिक समक्ष जोडिनुपर्ने बताउनुभयो । साथै पत्रकारले कलम चलाउँदै गर्दा पिडकले सजाय र पीडितले न्याय पाउनेगरी कलम चलाउन समेत आग्रह गर्नुभयो ।
उहाँले आफँु सूचना प्रविधिको ज्ञाता नभएको बताउदै एमाले विरुद्ध मिसन नै चलाएर सूचना प्रविधिको दुरुपयोग गरेर प्रहार गर्न खाजीएको छ त्यसलाई रोक्न आवश्यक रहेको औल्याउनुभयो । योजनावद्ध रुपमा सुन काण्डमा एमालेलाई फसाउने काम गर्न खोजिएकोमा उहाँले अापत्ति जनाउनुभयो । सूचना प्रविधिको गलत प्रयोगले सत्य कुराहरु ओझेलमा पर्ने बताउँदै सहि ढंगको प्रयोगले आम्दानीको स्रोत समेत बन्ने उहाँको भनाई छ ।
कार्यक्रममा एमाले केन्द्रिय सदस्य सिता सुन्दास, सिमा क्षेत्री, प्रचार विभाग केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, गण्डकी प्रदेश सञ्चार संयोजक राजीव पहारी, प्रदेश समिति अध्यक्ष इन्द्र पौडेल,उपाध्यक्ष मोहन रेग्मी, जिल्ला अध्यक्ष पारस गैह्रे, गाउँपालिका महासंघ केन्द्रका महासचिव खिम थापा, भिरकोट ६ का वडा अध्यक्ष श्यामकाजी क्षेत्री लगायतले बोल्नुभएको थियो ।
साधरण सभाको अवसरमा प्रेस चौतारी नेपाल स्याङजाका निवर्तमान अध्यक्ष मुक्ति न्यौपानेलाई सम्मान समेत गरिएको छ । कार्यक्रम अध्यक्ष शुसिल सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष कला राना र सञ्चालन जिवन अर्यालले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…