स्वर्गीय शिवकुमार गिरीको ४५ औं दिनको स्मृतिमा स्याङजामा शोकसभा ।

वालिङ, साउन १४ गते ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली काग्रेस जनताले रुचाएको एक मात्र लोकतान्त्रिक पार्टी भएको बताउनुभएको छ । नेपाल र नेपालीको हितमा काम गर्ने कांग्रेस पार्टी नागरिकमा लोकप्रिय रहेको भन्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो,“कांग्रेसले मात्रै नागरिकका समस्यामा साथ र सहयोग गर्न सक्छ”
कांग्रेस नेता नेता शिबकुमार गिरीको ४५ औं पुण्यतिथी पारेर आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले जिल्लाको विकास र पार्टी संगठनमा गिरीले पुर्याएको योगदानको चर्चा गर्नुभयो ।
नेपाली काग्रेस जिल्ला कार्यसमिति स्याङ्जाले आयोजना गरेको श्रद्धाञ्जली सभामा मुख्यमन्त्री पाण्डेले जनताको हितका पक्षमा काम गर्दागर्दा गिरीको अस्वाभाविक निधन भएको बताउनु भयो । गिरीको निधन दुर्घटना हो की सुनियोजित योजना हो पत्ता लगाउनु पर्नेमा उहाँको जोड छ ।
नेपाल बिद्यार्थी संघ देखि राजनीतिमा क्रियाशिल गिरी विकासप्रेमी रहेको स्मरण गराउनुभयो । गिरीको निधनले पार्टीलाई ठुलो क्षति पुर्याएको बताउदै मुख्यमन्त्री पाण्डेले गिरीका अधुरा योजनालाई पुरा गर्ने बचन बद्धता ब्यक्त गर्नुभयो ।
तरुण दलमा आफु र स्वर्गीय गिरीसँगै काम गरेको बताउनुभयो । गिरीको निधनको सत्य तथ्यबाहिर ल्याउनआफुले पहल गर्ने बताउदै पाण्डेले परिवारलाई शोकलाई शक्तिमा बदलेर पार्टीमा एकाकार हुनआग्रह गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश उपसभापति एवं प्रदेश सांसद कल्पना तिवारी, सांसद भोजराज अर्याल र महेश भट्टराई, पूर्वसांसद भागवतप्रकाश मल्ल, कार्यवाहक सभापति केदार काफले, गल्याङ् नगरप्रमुख गुरुप्रसाद भट्टराई, कांग्रेस सचिव दामोदर लम्साल, महासमिति सदस्यहरु क्रमशः तुलसी गिरी, देवी अर्याल, गोविन्द रानाभाट, तारा मल्ल, महाधिवेशन प्रतिनिधी बिष्णु पौडेल, स्तन्त्रता सेनानी तारापती सुवेदी, चापाकोट नगरसभापति बिक्रम सारु, नेपाली बिद्यार्थी संघ अध्यक्ष गौरब प्रधान लगायतले श्रद्धान्जली मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
शिव गिरीका पत्नी कल्पना गिरी, भाई बलराम गिरीले आफना दाजुको निधन नभई हत्या भएको जनाउदै सत्यतथ्य पत्ता लगाउनेगरी अनुसन्धानका लागि सबैको साथ र सहयोगको याचना गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य एवं जिल्ला सभापति राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव दामोदर तिवारीले गर्नुभएको थियो । गिरीको पुतलीबजार नगरपालिका १० मा गत असार १ गते सवारी दुर्घटनामा परि निधन भएको थियो ।
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…