कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त
विराटनगर, असार २१ गते।
प्रदेश प्रमुख पर्शुराम खापुङले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको छ।
प्रदेश प्रमुखको कार्यालयमा नियुक्तिका गठबन्धन दलको तर्फबाट दाबी प्रस्तुत गरे लगत्तै प्रदेश प्रमुख खापुङले उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।
प्रदेश प्रमुखले नियुक्ति पत्रमा ‘संविधानको धारा १६८(२) बमोजिम तपाईँलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेको छु। मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई सहित कार्यकाल सफलताको कामना गर्दछु,’ उल्लेख छ।

Facebook Comments Box
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


