खानेपानीले गाउँमा ल्यायो खुसी, स्थानीय भन्छन् “अव बसाई सर्नु नपर्ने भयो” ।
राधाकृष्ण डुम्रे/वालिङ :
स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ६ को जालिमडाँडाका जीत बहादुर राना खानेपानीको समस्याका कारण बसाई सर्ने सोचमा हुनुहुन्थ्यो । गाउँका धेरै परिवार बसाई सरेर अन्यत्र गएको देख्दा म पनि परिवार सहित अन्यत्र जानु पर्यो भन्ने सोचेको थिए, रानाले भन्नुभयो,“बसाईसरेर गएका आफन्तको घरमा पाहुना जाँदा पानी प्रसस्त भएको देख्दा मलाई पनि अत्यत्र जाने मन पलाएको थियो ।” अव भने गाउँमा नै खानेपानी सहज भयो म बसाई सरेर जादिन रानाले थप्नु भयो ।
जलिमडाँडाका धेरै परिवार बसाई सरेर सुगम ठाउँमा गईसकेकाछन् । उनीहरुले बर्षौ देखि खानेपानीको समस्या झल्दै आएका थिए जसका कारण गाउँबाट विस्थापित हुनेहरुको संख्या बढ्दो थियो । गाउँका घरहरु खाली हुँदै गएका छन् यसको प्रमुख कारण खानेपानी नै हो रानाले भन्नुभयो ।
गाउँमा बर्षौ पहिले १६ किलोमिटर टाढा छिमेकी हरिनास गाउँपालिकाको सिमानामा पर्ने तर्केनीबाट पानी ल्याईएको थियो तर पानी सधै गाउँ सम्म आई पुग्थेन जसका कारण निक्कै समस्या थियो स्थानीय गीता रानाले भन्नुभयो,“हामीले दैनिक ५ परिवारको पालो बाँडेर पानी बनाउने गथ्र्याैं अव यो समस्या समाधान भएको छ ।” उहाँ पनि गाउँमा खानेपानीको अभाव हुँदा धेरैको दिन पानीको जोहो मै जाने गरेको अनुभव सुनाउनु हुन्छ । उहाँहरु मात्रै होईन गाउँका सवै परिवार अव त खानेपानी सहज हुने भयो भनेर हर्षित भएकाछन् ।
जालिमडाँडामा लिफ्टिङ प्रविधि मार्फत खानेपानी पुर्याएइको हो । “वडडाडाँ–पाङ्लुङ लिफ्टिङ खानेपानी आयोजना” मार्फत अहिले सम्म जालिम डाँडा सहित ८१ परिवारलाई खानेपानी पुर्याईसकेको खानेपानीका अध्यक्ष सुर्य पाठकले जानकारी दिनुभयो । जालिमडाँडामा अव २ किलोमिटर तलबाट लिफ्टिङ गरी खानेपानी पुर्याईएको छ । यो भन्दा अगाडि १६ किलोमिटर टाढाबाट पानी ल्याउने गरिएको थियो पाठकले थप्नुभयो ।
पहिलो चरणमा दुई करोड ५० लाखको लागतमा खानेपानीको धाराहरु घरघरमा पुर्याईएको चापाकोट नगरपालिकाका प्रमुख देवबहादुर खाँण (ईश्वर)ले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“क्रमागत योजना अनुशार हामीले वडा नं. ६ का दुई सय भन्दा धेरै परिवारलाई खानेपानी पुर्याउने छौं ।” पालिकाका अन्य वडाहरुमा पनि खानेपानीको काम भईरहेको भन्दै नगरप्रमुख खाँणले खानेपानी कै अभावमा बसाई सर्नु नपर्ने बनाउन तर्फ आफूहरुको ध्यान रहेको बताउनु भयो ।
गाउँमा खानेपानीको समस्या देखेर आफूले सक्रियता देखाएको निवर्तमान् गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्लले बताउनु भयो । खानेपानीको शुभारम्भ गर्न गाउँमा नै पुग्नु भएका मल्लले भन्नुभयो,“खानेपानीको अभावका कारण गाउका मानिसको पीडा देख्दा मेरो आँशु नै आएको थियो, अब भने गाउँमा खुसी छाउने छ ।”
खानेपानीबाट कोहि पनि बञ्चित हुन नहुने भन्दै क्रमै संग “एक घर एक धारा पिउने पानी”को अवधारणा अनुरूप सबै घरमा पानीको सुविधा पुर्याउने मल्लको भनाई छ ।
चापाकोट नगरपालिकाका केही वडा समथर भुभागमा रहेको भए पनि धेरै वडाहरु विकट गाउँमा पर्दछ ।



समाचार
थप सामाग्री-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
४ दिन अगाडि
काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण…


