विपन्न तथा असहाय परिवारलाई कालीगण्डकी गाउँपालिकाले बनाईदियो घर ।

राधाकृष्ण डुम्रे/वालिङ :
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले अतिविपन्न परिवारलाई घर बनाईदिएको छ । पालिकाको वडा ४ र ५ का तीन घरपरिवारलाई पक्की घर बनाईदिएको हो ।
गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले आव २०७९÷८० को बजेटमा कार्यक्रम अन्तर्गत तीन वटा घर निर्माण गरी असाहय, बेसाहारा र घरबार बिहिन परिवारलाई प्रदान गरिएको जानकारी दिनुभयो ।
घर हस्तान्तरण गर्दै पालिकाका अध्यक्ष थापाले आफ्नो घर आफै बनाउन नसक्ने परिवारलाई पालिकाले सहयोग गरेको बताउनु भयो । उहाँले भन्नुभयो,“पालिकामा रहेका अतिविपन्न त्यसमा पनि असहाय,एकल महिला जसले निक्कै कष्टकर रुपमा वसोवास गरिरहेकाछन् उनीहरुलाई पालिकाले घर बनाएर सहयोग गरेको हो ।”
नागरिको आवासको हक र बाच्न पाउने अधिकारलाई पालिकाले सुनिश्चित गर्न विपन्न र असहाय परिवारलाई घर निर्माण गरिदिएको उपाध्यक्ष साबित्रा कोइरालाको भनाई छ ।
विपन्न नागरिकको आवास सुविधा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधी २०७९ बमोजिम विपन्न परिवारको लागि घरहरू निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र पाण्डेयले बताउनु भयो । विपन्न र बेसाहारा नागरिकलाई सुरक्षित र व्यवस्थित आवास सुविधा प्रदान गर्न पालिकाले हालसम्म ५ वटा घरहरू लक्षित परिवारलाई हस्तान्तरण गरिसकेको अधिकृत पाण्डेयले जानकारी दिनुभयो । यस अघि अघिल्लो आर्थिक वर्षमा दुई घर हस्तान्तरण भईसकेको उहाँको भनाई छ । प्रती घर निर्माणको लागत ४ लाख ८० हजार रहेको पालिकाले जनाएको छ ।
घर पाएपछि निक्कै हर्षित भएकी पार्वती पाण्डेले अव पानी कता चुहियो,कपडा भिज्यो कि भन्दै चिन्ता गर्नु पर्ने अवस्था हटेको बताउनु भयो । पतिको निधन पछि बेसाहरा रहेकी पाण्डेले भन्नुभयो,“२०५० सालदेखी दुःखका साथ जीवन बिताइरहेका थिए,आज घर पाउँदा एकदमै खुशी छु ।”
पलिकाले खरको छानो विस्थापित र विपन्न नागरिक आवास सुविधा अन्तर्गत ३ सय भन्दा बढी घर परिवार लाभान्वित भएको अध्यक्ष थापाको भनाई छ ।
नागरिकलाई खुशी र सुखी बनाउन अन्य विकासका पूर्वाधारसँगसँगै शिक्षा,स्वास्थ्यलाई विशेष प्राथमिकता दिइएको अध्यक्ष थापाले जानकराी दिनुभयो ।
तस्बिर ः
१. कालीगण्डकी गाउँपालिका वडा नं. ५ कि पार्वती पाण्डेयलाई घर हस्तान्तरण गर्दै पालिका अध्यक्ष खिमबहादुर थापा लगायत ।
२.घर पाए पछि हर्षित भएकी पार्वती पाण्डेय ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…