स्याङ्जाको कालिगण्डकी गाउँपालिकाद्धारा निशुल्क विद्युतिय चुल्हो वितरण
वालिङ, १३ साउन ।
स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले निशुल्क विद्युतिय चुल्हो वितरण गरेको छ । गाउँपालिकाले कार्यपालिका कार्यालय विर्घामा एक समारोहका बीच विद्युतिय चुल्हो वितरण गरेको हो । चुल्हो वितरण गर्दै गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले आगामी ३ वर्षभित्र पालिकाले ४७०० घरधुरीमा निशुल्क विद्युतिय चुल्हो वितरण गरेर पालिकालाई ग्ँयास सिलिण्डर मुक्त बनाउने बताउनुभयो । अध्यक्ष थापाले आर्थिक वर्ष २०८१÷०८२ मा निशुल्क विद्युतिय चुल्हो कार्यक्रम सम्पन्न गरी पालिकाकै विद्युत उपभोग गर्ने व्यवस्था सृजना गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पालिका बासीको भान्सालाई धुँवारहित बनाउँनेछौँ । ग्यास सिलिण्डर महंगो पनि हुने र दाउराको उपयोगले स्वास्थ्यमा समेत असर गर्ने भएकाले पालिकाले धुँवारहित भान्सा बनाउन लागि परेको छ ।” २०७९ को निर्वाचन पछि पालिकामा पदबहाली गर्दा नै ग्याँस सिलिण्डर मुक्त पालिका बनाउने उद्देश्यका साथ लागिपरेको भन्दै यसरी विद्युतिय चुल्हो वितरण गर्दा पालिकाको दुई करोड खर्च हुने बताउनुभयो । ग्याँस सिलिण्डरको विकल्पमा विद्युतिय चुल्हो प्रयोग गर्दा पालिकामा हरेक वर्ष ५ करोड बच्ने भन्दै यो कार्यक्रममा निश्चित मापदण्ड समेत रहेको भन्दै मापदण्ड पुगेकाले यसको निरन्तर उपभोग गर्न पाउने अध्यक्ष थापाले बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष सावित्रा कोईरालाले गाउँपालिकाबासीको आधारभुत आवश्यकताहरु शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका आधारभुत आवश्यकता परिपुर्तिका लागी योजनावद्ध रुपमा लागिपरेको बताउनुभयो । ग्याँसको विकल्पमा विद्युतिय चुल्हो वितरण गरिएको भन्दै यो कार्यक्रमले महिलाहरुको स्वास्थ्यलाई राम्रो गर्ने उपाध्यक्ष कोईरालाले बताउनुभयो ।
जिल्लाको दुर्गम कर्णाली मानिएको कालिगण्डकीको मुहार अहिले परिर्वतन भएको भन्दै नागरिकको भान्सालाई सहज बनाउन विद्युतिय चुल्हो वितरण गरिएको उहाँको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयका अनुसार विद्युतीय चुलो वितरणका लागि लाभग्राहीको घरको विद्युतीय पूर्वाधारको अवस्था सर्वेक्षण गरिसकिएको छ । कम्तिमा १६ एम्पिएर क्षमता बराबरको मिटर जडान र वाईरिङ भएका १ सय ६१ लाभग्राहीलाई पहिलो चरणमा चुल्हो वितरण गरिएको हो । लाभग्राहीको आवश्यकता अनुसार इन्फ्रारेड र इन्डक्सन दुबै प्रकृतिको विद्युतीय चुल्हो उपलब्ध गराइएको पालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष खिमबहादुर थापा र सावित्रा कोईरालाको यो दोस्रो कार्यकाल हो ।
उहाँहरुले विद्युतिय चुल्हो वितरण कार्यक्रम आफ्नो पहिलो कार्यकालमै शुरु गर्नुभएको थियो भने दोस्रो कार्यकालमा पालिकाबासी सबैलाई विद्युतिय चुल्हो वितरण गर्ने कार्यक्रमलाई निरन्तता दिएको हो । पालिकाले पालिकाबासीको न्युनतम विद्युत महशुल समेत तिरिदिएको छ भने चुल्हो राख्नका लागी आर्थिक अवस्था कमजोर भएकाहरुको विद्युतिय क्षमता कम भएकाहरुलाई भोल्टेज तथा पावर वृद्धि गर्न समेत पालिकाले नै सहयोग गरेको थियो
Facebook Comments Box
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


