गल्याङ : फोहोरमैला दीर्घकालीन ब्यबस्थापनका लागि सरोकारवाला संग छलफल
गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिकाले फोहोरमैला दीर्घकालीन ब्यबस्थापनका लागि पालिकाभित्र कृयाशिल सस्थागत प्रतिनिधि र सरोकारवाला वीच छलफल गरेको छ । नगर प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा सरोकारवाला वीच छलफल गरी फोहोर व्यवस्थापनको दीर्घकालिन समाधानबारे अन्तरक्रिया भएको हो ।
अन्तरक्रियाले नगरपालिकाको फोहोर दीर्घकालिन व्यवस्थापन गर्ने रणनीति बनाउन भन्दै सुरेश सुवेदीको अध्यक्षतामा गल्याङ नगर सरसफाइ समिति पनि गठन गरेको छ । गल्याङ उद्योग वाणिज्य संघ, गल्याङ चेम्बर अफ कमर्स र सरोकारवालाहरु समेत समेटिएको छ सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा सुरेश सुबेदी संयोजकसँगै सदस्यहरुमा गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष डोलप्रसाद श्रेष्ठ ध्रुब, गल्याङ चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष पूर्णबहादुर रानाभाट अर्जुन, स्थानीय सरोकारवालाहरुबाट निर्मल भट्टराई र राजु बस्याल तथा गल्याङ नगरपालिकाको तर्फबाट सदस्य सचिवको रुपमा थानापति न्यौपाने रहनुभएको छ । यस्तै, शिब गाहा र रमेश अर्याललाई समितिको सल्लाहकारको रुपमा राखिएको छ ।
हिजो गठन गरिएको समितिलाई फोहोर व्यवस्थापनका लागि फोहोर फाल्ने स्थानको खोजी गर्ने जिम्मेवारी समेत दिइएको छ । यसअघि नगरपालिकाले फोहोर फाल्ने स्थानको खोजी गरेपनि उचित ठाउँ फेला पार्न नसकेपछि बजारमा फोहोर थुप्रिन थालेको छ ।यसैबीच, समितिका संयोजक सुरेश सुबेदीले गल्याङबजारको फोहोर व्यवस्थापनका लागि तयारी सुरु गरिसकिएको बताउनुभएको छ ।
सुबेदीले केहि दिनका लागि फोहोर व्यवस्थापन गर्न भोलि सहमति भएमा भोलि देखि बजारको फोहोर उठ्ने विश्वास व्यक्त गर्नुभयो । वातारणीय संरक्षण युवा मञ्च तथा स्थानीयले छरछरेमा फोहोर फाल्न रोकेपछि फोहोरको व्यवस्थापन हुन नसकेको हो । यसअघि वातारणीय संरक्षण युवा मञ्च तथा स्थानीयले २५ दिनको समय सिमा दिएर फोहोर व्यवस्थापन गर्ने ठाउँको खोजी गर्न भनेपनि नगरपालिकाले भने फोहोर व्यवस्थापन गर्ने स्थान भेट्न सकेको थिएन ।
यस्तै, गल्याङ नगर सरसफाइ समितिको पहिलो बैठक बसी बजारको फोहोरलाई कुहिने र नकुहिने वर्गिकरण गरेर मात्रै उठाउने निर्णय पनि गरेको छ । फोहोरको पूनप्रयोग र सहि व्यवस्थापनका लागि भन्दै समितिले फरक दिन फरक फरक फोहोर उठाउने निर्णय गरेको हो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


