चापाकोट-१० मा १ हप्ते क्षमता, नेतृत्व विकास एवम उद्घघोषण सम्बन्धि तालिम सप्पन्न
चापाकोट :
बोटेटार उधमशिल महिला कृषक समुहको आयोजनामा आयोजित १ १ हप्ते क्षमता, नेतृत्व विकास एवम उद्घघोषण सम्बन्धि तालिम समापनमा बोल्दै चापाकोट नगरपालिकाका नगर प्रमुख देव बहादुर खाणले(इस्वर) महिलाहरुको क्षमता विकास गर्ने सके समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने सजिलो हुने बताउनु भयो ।
महिलाहरुलाई चुल्होचौका देखि समाजका सामाजिक काममा सक्रिय सहभागि गराउने र समाज परिवर्तन गर्ने उदेश्यले तालिम आयोजना गरिएको बताउनु भयो ।कार्यक्रममा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि सुर्य माझी ,नेपाली काङ्ग्रेस वडा १० का सभापति गणेश पङेनी ,जनज्योति माविका प्राचार्य गुरु पङेनी लगाएतले तालिममा सिकेका सीप व्यवाहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।
तालिममा गोपीकृष्ण रेग्मी , इलाका प्रहरी कार्यलय चापाकोटका प्रहरी निरीक्षक शालिकराम खनाल गोविन भट्टराई लिभिङ , विज्ञान पोखरेल ,भुवन भण्डारी ,दिपक भण्डारी ,दिपेश भण्डारी लगाएतले प्रशिक्षण दिनुभएको थियो ।
७० जना सहभागी तालीममा सविता रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मिना श्रेष्ठ अनुभव मिना भण्डारी ,विष्णु पङेनी र कार्यक्रम सन्चालन सिर्जना गैह्रे र सविता भट्टराईले गर्नुभएको थियो ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
-
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
२ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । मनकामना मन्दिरमा लाग्ने कोजाग्रत पूर्णिमा मेलाका अवसरमा गाउँपालिकाले सार्वजनिक…


