चापाकोट नगरपालिकाद्वारा कृषकलाई हाते ट्याक्टर बितरण
सुनिल न्यौपाने/स्याङ्जा :
स्याङ्जाको चापाकोट नगरपालिकाले कृषकलाई हाते ट्याक्टर बितरण गरेको छ । परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन कृषकलाई ११ वटा हाते ट्याक्टर बितरण गरेको हो । श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।नगरपालिकाले संगम कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड मार्फत निवेदन दिनु भएका सम्पूर्ण कृषकलाई ७ एच.पिको हाते ट्याक्टर बितरण गरेको हो।
चापाकोट नगरपालिकाले कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन नगरपालिकाको सहयोगमा आर्थिक बर्ष २०७९/८० को संघिय शसर्त तरकारी पकेट कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर बितरण गरेको नगर प्रमुख देव बहादुर खाणले बताए ।

५० प्रतिशत सहुलियत अनुदानमा ट्याक्टर पाएपछि कृषकहरु हर्षित भएका छन । चापाकोट नगरपालिकाका नगर प्रमुख खाणले ट्याक्टर वितरण गर्दै छिटो छरितो बेमौसमी खेती गर्ने कृषकलाई ट्याक्टर महत्वपुर्ण हुने बताए । यस आर्थिक वर्षमा कृषि कार्यक्रम अन्तरगत हाते ट्रयाक्टर कृषक समुह तथा सहकारीले ५० प्रतिशत अनुदानमा बितरण गर्न थालिएको हो ।
परम्परागत रुपमा गोरु जोतिने स्थानमा पावर टेलर प्रयोग गर्दा सजिलो र काम छिटो छरितो होस भनेर पावर टेलर वितरण गरेको उनको भनाइ छ । गोरुमार्फत खेत जोत्दै आएका किसानले ट्याक्टरको प्रयोग गर्दा खेतको सबै स्थानमा एकै नासले जोत्न सकिने बताएका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


