भीरकोटमा महामारीजन्य रोगको रोकथामका लागी स्थानीय द्रुत प्रतिकार्य समिति
भीरकोट :
भीरकोट नगरपालिकामा कोभिड १९ लगायत विभिन्न महामारीजन्य रोगहरुको रोकथाम, नियन्त्रण तथा निगरानीका लागी सरोकारवालाहरुसंगको अन्र्तक्रिया तथा आरआरटि स्वास्थ्यकर्मी परिचालन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले महामारी जन्य रोगहरु आउनुपुर्व नै नगर तथा नगरबासीलाई सुरक्षित राख्नका लागी आरआरटि स्वास्थ्यकर्मी परिचालन गरेर अगाडि बढिने बताउनुभयो ।
कोभिड महामारी जस्ता अन्य महामारीहरुसंग जुध्नका लागी नगरमा टोली हरबखत तयारी अवस्थामा राख्न र यस्ता महामारी आउनुपुर्व नै सावधानि बनाउनका यो कार्यको थालनी गरिएको नगरप्रमुख कर्माचार्यले बताउनुभयो । नगरका साखाप्रमुख तथा प्रतिनिधिहरु, वडा अध्यक्षहरु, स्वास्थ्य चौकी प्रमुख, उद्योग वाणिज्य संघ, जेसिज, रेडक्रसलगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको अन्र्तक्रियामा स्वास्थ्य साखा प्रमुख नारायणबन्धु अर्यालले सहजीकरण गर्नुभएको थियो ।
साथै कार्यक्रममा भीरकोट नगरपालिकाको स्थानीय दु्रत प्रतिकार्य समितिमा नगरप्रमुख गोविन्दकुमार कर्माचार्य संयोजक रहेको समिति गठन गरिएको छ । सदस्यहरुमा प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, नगर अस्पतालका डा. रुद्रनारायण शाह, विपत व्यवस्थापन साखाका रामप्रसाद खनाल र सदस्य सचिवमा स्वास्थ्य साखा प्रमुख नारायणबन्धु अर्याल रहनुभएको छ ।
त्यस्तै आमन्त्रित सदस्यहरुमा उद्योग वाणिज्य संघका अध्यक्ष जगदिश कोईराला, क्षेत्रबहादुर थापा, सुन्दर कोईराला र नरेन्द्र भण्डारी रहनुभएको छ । साथै द्रुत प्रतिकार्य टोली समेत गठन गरिएको छ । डा. रुद्रनारायण शाहको संयोजकत्वमा गठित टोलीमा जगदिश खनाल, यु्क्तनारायण अर्याल, कस्मीरा अर्याल, सृष्टि मल्ल, कुमार राना, श्रीराम अर्याल, थानप्रसाद तिवारी र नविन थापा रहनुभएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
४ दिन अगाडि
काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण…


