विपि स्मृति दिवस : तरुणदल भीरकोटले गर्यो रक्तदान कार्यक्रम

Blood donation

भीरकोट :
भीरकोटमा विपि स्मृति दिवसका अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल तरुण दल भीरकोट नगर समितिको आयोजना र तरुण दल जिल्ला कार्यसमितिको समन्वयमा बयरघारीमा रक्तदान कार्यक्रम सहित नेपाल दरुण दल केन्द्रिय सदस्यमा मनोनित सदस्यहरुलाई सम्मान गरिएको हाे । कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले तरुण दल पार्टीको मेरुदण्ड भएको भन्दै तरुणदलले विपि स्मृति दिवसका अवसरमा रक्तदान कार्यक्रम गर्नु निकै सराहनिय रहेको बताउनुभयो । साथै नगरप्रमुख कर्माचार्यले विपिको सिद्धान्त भुल्न नहुँने भन्दै पार्टीले उहाँका हरेक सिद्धान्तलाई आत्मसाथ गरेर अगडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा तरुण दल केन्द्रीय सदस्यमा मनोनीत सदस्यहरुलाई सम्मान पत्र र खादाले सम्मान गरिएको थियोे । सम्मानित हुनेहरूमा ई. दिपेन्द्र केसी, कमल घिमिरे, ईश्वरबन्धु अर्याल, विश्वास लम्साल, दिपक वाग्ले, सम्पूर्णमान श्रेष्ठ, उमेश भट्टराई, विश्वास पुरी, केशव बस्याल, पशुपति पोख्रेल र जगदीश खाँण ठकुरी रहेका थिए । यसैबीच सोही कार्यक्रममा गण्डकी टीम काँटा बाट महिला कराँतेमा स्याङ्जा जिल्लाको नाम राख्दै द्वितीय भएकी वालिङ – ६ मिर्दीकी मेनुका गाहा मगरलाई पनि सम्मान गरिएको थियोे ।
कार्यक्रममा नेपाली कांगे्रस जिल्ला कार्यबहाक सभापति केदार काफ्ले, तरुण दलका जिल्ला अध्यक्ष भागवतप्रकाश मल्ल लगायतले बोल्नुभएको थियो । कार्यक्रम तरुण दलका नगर अध्यक्ष राजकुमार गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन प्रविणविक्रम खांणले गर्नुभएको थियो ।
रक्तदान कार्यक्रममा १२ महिला र ४८ पुरुष गरी ६० जनाले रक्तदान गरेका थिए ।

Facebook Comments Box
TOP