बिपि कोइरालाको साहित्यिक तथा राजनैतिक विचार विषयक अन्तर्क्रिया एवम सिर्जना वाचन कार्यक्रम

वालिङ :
विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको सन्दर्भमा नेपाली लेखक संघ, स्याङ्जाको आयोजनामा ” विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक तथा राजनैतिक विचार ” विषयक अन्तरक्रिया तथा सिर्जना वाचन समारोह – २०८० सम्पन्न भएकाे छ ।
वालिङ नगरपालिका – ६, मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको हलमा कार्यक्रम गरिएकाे हाे । नेपाली लेखक संघ, स्याङ्जाका अध्यक्ष मिलन समीरद्वारा संयोजन गरिएको उक्त समारोह स्याङ्जाको साहित्यिक इतिहासमै पहिलोपटक अनौपचारिक रूपमा सम्पन्न गरिएको थियोे ।
नवोदित कवि सजिना खातुनद्वारा आफ्नो उत्कृष्ट कविता वाचन गरेसङ्गै शुरु भएको कार्यक्रममा स्याङ्जाली कविहरु दिलीप तिवारी, पारिश्वर न्यौपाने, लोकहरि पाण्डेय क्षितिज, खगेन्द्र अर्याल, हरिप्रसाद पङ्गेनी, शम्भु अर्याल, सीताराम अधिकारी, बोधराज न्यौपाने, कमलप्रसाद बगालेद्वारा आफ्ना उत्कृष्ट कविता र लघुकथा वाचन गरिएको थियोे ।
जगत्रदेवी साहित्य संगम, गल्याङ, स्याङ्जाका अध्यक्ष स्याङ्जाली अग्रज कवि नारायणप्रसाद ज्ञवाली र प्रगतिशील लेखक संघ, स्याङ्जाका उपाध्यक्ष स्याङ्जाली अग्रज कवि अनन्त अर्यालद्वारा ” विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक विचार ” को बारेमा र स्याङ्जाली अग्रज साहित्यकार ध्रुवप्रसाद शर्मा पङ्गेनी र स्याङ्जाली अग्रज समाजसेवी मुक्तिप्रसाद सुवेदीद्वारा ” विश्वेश्वरप्रसाद कोइरालाको राजनैतिक विचार ” को बारेमा आफ्नो गहन सारगर्भित मन्तव्यसङ्गै उत्कृष्ट कविता प्रस्तुत गरिएको थियोे ।
समारोहमा गोविन्द तिवारी, राजकुमार उपाध्याय, मातृका अर्याल र श्यामप्रसाद ढुंगाना लगायतका साहित्यप्रेमी महानुभावहरुको उपस्थिति रहेको थियोे ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…