स्याङ्जामा १७ वर्षीया छोरीमाथि बुवाले गरे खुकुरी प्रहार

hatya

स्याङ्जा :

भिरकोट नगरपालिका ७ चिउरी खर्कमा आफ्नै बुबाले छोरीमाथि खुकुरी प्रहार गरेका छन् ।

स्थानीय ४० वर्षीय बुबा यम बहादुर गुरुङले घरायसी विवादमा १७ वर्षीय छोरी जुना गुरुङ माथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमबहादुर थापाले जानकारी दिनुभयो ।

खुकुरी प्रहारबाट घाइते भएकी जुनाको भिरकोट नगर अस्पतालमा सामान्य उपचार पश्चात् गरी थप उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा बुबा यम बहादुर गुरुङलाई पक्राउ गरेको थापाले बताउनुभयो । घटनाकाे अनुशन्धान भइरहेकाे प्रहरी भनाइ छ ।

Facebook Comments Box
TOP