स्याङ्जामा १७ वर्षीया छोरीमाथि बुवाले गरे खुकुरी प्रहार
स्याङ्जा :
भिरकोट नगरपालिका ७ चिउरी खर्कमा आफ्नै बुबाले छोरीमाथि खुकुरी प्रहार गरेका छन् ।
स्थानीय ४० वर्षीय बुबा यम बहादुर गुरुङले घरायसी विवादमा १७ वर्षीय छोरी जुना गुरुङ माथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमबहादुर थापाले जानकारी दिनुभयो ।
खुकुरी प्रहारबाट घाइते भएकी जुनाको भिरकोट नगर अस्पतालमा सामान्य उपचार पश्चात् गरी थप उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा बुबा यम बहादुर गुरुङलाई पक्राउ गरेको थापाले बताउनुभयो । घटनाकाे अनुशन्धान भइरहेकाे प्रहरी भनाइ छ ।
समाचार
थप सामाग्री-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि
पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…


