२२ वर्षदेखि फरार दुई प्रतिवादी पक्राउ
स्याङ्जा :
ज्यान मुद्दामा कैद सजाय तोकिएर फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा २२ वर्षदेखि फरार भीरकोट नगरपालिका–७ का ४३ वर्षीय जमुना अर्याल र सवारी ज्यान मुद्दामा १८ वर्षदेखि फरार बिरुवा गाउँपालिका–४ का ५४ वर्षीय दुर्गबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्ला अदालतले अर्याललाई चार वर्ष ११ महिना १० दिन र गुरुङलाई एक वर्ष ११ महिना नौ दिन कैद सजाय फैसला गरेको थियो ।
प्रहरी निरीक्षक पदम राज थापाले गोप्य सूचनाको आधारमा दुवै जनालाई घरबाटै पक्राउ गरेको जानाकारी दिनुभयो । कैद सजाय भएपछि फरार भएका दुई जनालाई सजाय भुक्तानका लागि जिल्ला कारागार पठाइएको जानकारी प्रहरी निरीक्षक थापाले दिनुभयो ।
समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


