दुर्घटना न्यूनीकरणकालागि चालक र सहचालकको स्वास्थ्य परिक्षण
स्याङ्जा १२ साउन ।
बढ्दो सडक दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले चालक र सहचालकको स्वास्थ्य परिक्षण गरिएको छ ।
चापाकोट नगर अस्पतालको सहयोगमा नगरमुकाम सुन्तलीटार बजारमा चालक र सहचालकको स्वास्थ परिक्षण गरिएको हो ।
चापाकोट नगरपालिका स्थित सुन्तलीटारमा संचालित सवारी चालक तथा सहचालकगरी बुधवार २३ जनाको स्वास्थ्य परिक्षण गरिएको प्रहरी जवान सतनप्रसाद धोवीले जानकारी दिनुभयो ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट चापाकोटमा सेवारत धोवीले ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी’ कार्यक्रम अन्र्तगत स्वास्थ्य जाँच गरेको जनाउनुभयो ।
बर्षायाम सुरु भएसंगै ग्रामिण सडकखण्डमा सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने जनाउदै सो का लागि ट्राफिक ब्यवस्थापन मिलाई जोखिम तथा दुर्घटना न्यूनीकरणका लागि यस्ता कार्यक्रम संचालन गरेको बताइएको छ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


