स्ववियुको अगुवाईमा वालिङ क्याम्पसमा सरस्वतीको मन्दिर निर्माण हुँदै ।
वालिङ,जेठ २५ गते ।
वालिङ बहुमुखी क्याम्पसमा विद्याकी देवी सरस्वतीको मन्दिर निर्माण गरिने भएको छ । क्याम्पस परिसरमा सरस्वतीको मन्दिर निर्माण गरिन लागेको हो ।
स्ववियु निर्वाचित भएपछि पदस्थापनका क्रममा सभापति सन्दिप कंडेलले क्याम्पस परिसरमा सरस्वतीको मन्दिर निर्माण गर्ने घोषणा गर्नु भएको थियो । पदस्थापनका क्रममा पहिलो निर्णय नै सरस्वतीको मन्दिर निर्माणको सन्दर्भमा रहेको जानकारी गराउनुहुँदै सभापति कंडेलले भन्नुभयो,“नेपाल कै जेठो मानिने क्याम्पसमा सरस्वती माताको मन्दिर नहुँदा सवै विद्यार्थीहरुले खल्लो मान्दै आएका थिए ।”
शिक्षाकी देवी सरस्वती माता हाम्रो आस्थाको केन्द्र हो त्यसैले क्याम्पस परिसरमा सरस्वती माताको मन्दिर निर्माण गर्न लागेका हौं सभापति कंडेलले भन्नुभयो ।
मन्दिर निर्माणका लागि विहिवार क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुमकान्त कोईराला, निमित्त क्याम्पस प्रमुख युवराज पाठक, स्ववियु सभापति कंडेल,विभिन्न विभागका प्रमुखहरु, प्राध्यापकहरु लगायतले संयुक्त रुपमा सिलन्यास गरेका हुन् ।
सवैको सहयोगमा सरस्वती माताको मन्दिर निर्माण सम्पन्न गरिने सभापति कंडेलले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


