स्ववियुको अगुवाईमा वालिङ क्याम्पसमा सरस्वतीको मन्दिर निर्माण हुँदै ।

waling campus saraswati mata temple

वालिङ,जेठ २५ गते ।
वालिङ बहुमुखी क्याम्पसमा विद्याकी देवी सरस्वतीको मन्दिर निर्माण गरिने भएको छ । क्याम्पस परिसरमा सरस्वतीको मन्दिर निर्माण गरिन लागेको हो ।
स्ववियु निर्वाचित भएपछि पदस्थापनका क्रममा सभापति सन्दिप कंडेलले क्याम्पस परिसरमा सरस्वतीको मन्दिर निर्माण गर्ने घोषणा गर्नु भएको थियो । पदस्थापनका क्रममा पहिलो निर्णय नै सरस्वतीको मन्दिर निर्माणको सन्दर्भमा रहेको जानकारी गराउनुहुँदै सभापति कंडेलले भन्नुभयो,“नेपाल कै जेठो मानिने क्याम्पसमा सरस्वती माताको मन्दिर नहुँदा सवै विद्यार्थीहरुले खल्लो मान्दै आएका थिए ।”
शिक्षाकी देवी सरस्वती माता हाम्रो आस्थाको केन्द्र हो त्यसैले क्याम्पस परिसरमा सरस्वती माताको मन्दिर निर्माण गर्न लागेका हौं सभापति कंडेलले भन्नुभयो ।
मन्दिर निर्माणका लागि विहिवार क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुमकान्त कोईराला, निमित्त क्याम्पस प्रमुख युवराज पाठक, स्ववियु सभापति कंडेल,विभिन्न विभागका प्रमुखहरु, प्राध्यापकहरु लगायतले संयुक्त रुपमा सिलन्यास गरेका हुन् ।
सवैको सहयोगमा सरस्वती माताको मन्दिर निर्माण सम्पन्न गरिने सभापति कंडेलले जानकारी दिनुभयो ।

 

Facebook Comments Box
TOP