वालिङ क्याम्पसको वित्तिय संकट समाधानका लागी गठित कार्यदलले बुझायो प्रतिवेदन
वालिङ, ३१ जेठ :
वालिङ क्याम्पसको वित्तिय संकट समाधानका लागी गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । क्याम्पसको वित्तिय संकट समाधानका लागि सुझाव कार्यदलले आफ्नो प्रतिवेदन सञ्चालक समितिलाई हस्तान्तरण गरेको हो । कार्यदलले तयार गरेको पेज ७७ र दफा ९ सहितको प्रतिवेदन संचालक समितिलाई बुझाएको हो ।
यसअघि २३ वैशाखमा बसेको सञ्चालक समितिको बैठकले क्याम्पसमा आर्थिक संकटकाल घोषणा गरेको थियो । क्याम्पसलाई थप व्ययाभारबाट जोगाउन आर्थिक संकटकाल घोषणा गरि संकट समाधानका लागी सञ्चालक समितीका सदस्य डा. अच्युतशरण अर्यालको संयोजकत्वमा भरतप्रसाद बगाले, नित्यानन्द तिवारी, कविता भुषाल र अनुपमा ढुंगाना सदस्य रहेको संकट समाधान सुझाव कार्यदल गठन गरी काम अगाडि बढाइएको थियो । उक्त समितिले तयार पारेको प्रतिवेदन क्याम्पसलाई बुझाईएको हो । प्रतिवेदन ग्रहण गरी संचालक समितिले प्रतिवेदनको अध्ययन गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।
क्याम्पसले झन्डै ४ करोड बढी ऋणको दायित्व बोक्न बाध्य छ । हरेक महिना आर्थिक बोझ थपिएपछि वर्तमान सञ्चालक समितिले क्याम्पसमा आर्थिक संकटकाल घोषणा गरेको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि
पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…


