लैंगिक समानता, अपांगता, सामाजिक समावेशिकरण सम्बन्धी नीतिलाई व्यवहारिक प्रयोग गर्दै वालिङ ।

वालिङ, जेठ २५ गते ।
स्याङ्जाको वालिङ नगरपालिकाले लैंगिक समानता, अपांगता, सामाजिक समावेशिकरण सम्वन्धी नीतिको व्यवहारिक प्रयोग गर्न शुरु गरेको छ ।
पालिकाले नगरका १४ वटै वडामा महिला उपभोक्ता समिति निर्माण गरी महिलाहरुलाई सक्रिय बनाउने तथा पछाडि परेको समूह र समूदायलाई पहुँचमा लैजाने गरी काम शुरु गरेको हो ।
नगरपालिकाले लैंगिक समानता, अपांगता, सामाजिक समावेशिकरण २०७८ सम्बन्धी नीति यस अगाडि नै बनाएको छ ।
लैंगिक समानता, अपांगता, सामाजिक समावेशिकरण मुल प्रवाहीकरणको अभ्यास, उपलब्धी चुनौती तथा समाधान सम्बन्धी छलफल कार्यक्रम बोल्दै नगर प्रमुख कृष्ण खाँणले आगामी नीति तथा कार्यक्रम र बजेटमा उनीहरुलाई पहिलो प्राथमिकता दिने बताउनु भएको हो । उहाँले भन्नुभयो,“हामीले बनाएको नीतिलाई व्यवहारिक प्रयोग गर्न शुरु गरेकाछौं ।”
कार्यक्रममा निर्वतमान् नगरप्रमुख दिलिपप्रताप खाँणले बजेट निर्माण तथा कार्यन्वयनका लागी निश्चित लक्ष्य र उद्देश्यका साथ अगाडि बढेमा सफलता सहजै प्राप्त गर्न सकिनेमा जोड दिनुभयो ।
कार्यक्रममा स्थानीय तहको बजेट तथा कार्यक्रममा लैंगिक समानता, अपांगता, सामाजिक समावेशिकरणको भईरहेका अभ्यास, कार्यान्वयनको पक्ष लगायतका विषयमा जनप्रतिनिधिहरु बीच छलफल गरिएको छ ।
महिला र पुरुषबीच विभेद यथावत रहेको भन्दै राज्यले लक्षित वर्गलाई जति बजेट विनियोजन गर्नुपर्ने हो त्यति नभएको उपप्रमुख कविता तिवारीले बताउनु भयो । लक्षित वर्गको लागी ल्याईएको बजेट उनीहरुको हितका लागी मात्रै प्रयोग हुनु पर्नेमा उहाँको जोड छ ।
स्थानीय तहलाई बलियो बनाउन जनप्रतिनिधिहरुलाई कार्यबोधप्रति उत्तरदायी बनाउन यस्ता खालका कार्यक्रम प्रभावकारी हुने उपप्रमुख तिवारीको भनाई छ ।
दलित महिला केन्द्रको समन्वय वालिङ नगरपालिका, सिडिडब्ल्युएनको आयोजना र स्थानीय सरकार सबलीकरण अष्टेलियन एड, द एसिया फाउण्डेसनको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो ।
तस्बिर ः छलफलमा सहभागी वालिङका जनप्रतिनिधिहरु ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…