लैंगिक समानता, अपांगता, सामाजिक समावेशिकरण सम्बन्धी नीतिलाई व्यवहारिक प्रयोग गर्दै वालिङ ।
वालिङ, जेठ २५ गते ।
स्याङ्जाको वालिङ नगरपालिकाले लैंगिक समानता, अपांगता, सामाजिक समावेशिकरण सम्वन्धी नीतिको व्यवहारिक प्रयोग गर्न शुरु गरेको छ ।
पालिकाले नगरका १४ वटै वडामा महिला उपभोक्ता समिति निर्माण गरी महिलाहरुलाई सक्रिय बनाउने तथा पछाडि परेको समूह र समूदायलाई पहुँचमा लैजाने गरी काम शुरु गरेको हो ।
नगरपालिकाले लैंगिक समानता, अपांगता, सामाजिक समावेशिकरण २०७८ सम्बन्धी नीति यस अगाडि नै बनाएको छ ।
लैंगिक समानता, अपांगता, सामाजिक समावेशिकरण मुल प्रवाहीकरणको अभ्यास, उपलब्धी चुनौती तथा समाधान सम्बन्धी छलफल कार्यक्रम बोल्दै नगर प्रमुख कृष्ण खाँणले आगामी नीति तथा कार्यक्रम र बजेटमा उनीहरुलाई पहिलो प्राथमिकता दिने बताउनु भएको हो । उहाँले भन्नुभयो,“हामीले बनाएको नीतिलाई व्यवहारिक प्रयोग गर्न शुरु गरेकाछौं ।”
कार्यक्रममा निर्वतमान् नगरप्रमुख दिलिपप्रताप खाँणले बजेट निर्माण तथा कार्यन्वयनका लागी निश्चित लक्ष्य र उद्देश्यका साथ अगाडि बढेमा सफलता सहजै प्राप्त गर्न सकिनेमा जोड दिनुभयो ।
कार्यक्रममा स्थानीय तहको बजेट तथा कार्यक्रममा लैंगिक समानता, अपांगता, सामाजिक समावेशिकरणको भईरहेका अभ्यास, कार्यान्वयनको पक्ष लगायतका विषयमा जनप्रतिनिधिहरु बीच छलफल गरिएको छ ।
महिला र पुरुषबीच विभेद यथावत रहेको भन्दै राज्यले लक्षित वर्गलाई जति बजेट विनियोजन गर्नुपर्ने हो त्यति नभएको उपप्रमुख कविता तिवारीले बताउनु भयो । लक्षित वर्गको लागी ल्याईएको बजेट उनीहरुको हितका लागी मात्रै प्रयोग हुनु पर्नेमा उहाँको जोड छ ।
स्थानीय तहलाई बलियो बनाउन जनप्रतिनिधिहरुलाई कार्यबोधप्रति उत्तरदायी बनाउन यस्ता खालका कार्यक्रम प्रभावकारी हुने उपप्रमुख तिवारीको भनाई छ ।
दलित महिला केन्द्रको समन्वय वालिङ नगरपालिका, सिडिडब्ल्युएनको आयोजना र स्थानीय सरकार सबलीकरण अष्टेलियन एड, द एसिया फाउण्डेसनको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो ।
तस्बिर ः छलफलमा सहभागी वालिङका जनप्रतिनिधिहरु ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


