वालिङ १० द्वारा बृद्ध बृद्धा तथा महिला स्वयमसेबिकालाई सम्मान

samman waling 10 women

वालिङ :
वालिङ नगर पालिका वडा नं. १० ले बृद्धबृद्धा र महिला स्वयंसेबिकालाई सम्मान गरेको छ । कार्यक्रममा ७९ बर्ष माथिका बृद्धबृद्धा बुवा आमा र महिला स्वयंसेबिकालाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुनिल खनालले जेष्ठ नागरिक समाजका गहना भएकाले जेष्ठ नागरिकको अनुभव र सिकाईले नै हामीलाई सकरात्मक उर्जा दिने बताउनुभयो ।
कुरा सुन्नु बुढाको,आगो ताप्नु मुढाको भनेजस्तै उहाँहरुको लामो जिवन संर्घषले नयाँ पुस्तालाई अगाडि बढ्न मद्दत गर्ने भन्दै जेष्ठ नागरिकलाई हामी सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । साथै समाजमा महिला स्वयमसेबिकाहरुको साथ र सहयोगले वडाका नागरिकहरुको स्वास्थ्यमा निकै राम्रो प्रभाव पारिरहेको भन्दै उहाँहरुको कार्यगत हौसलाका लागी वडाले सम्मान कार्यक्रम गरेको बताउनुभयो ।
कार्यक्रममा वार्ड सदस्य चुडामणी सुवेदी, लेखमाया एसके,गगा शर्मा पङेनी,भुम बहादुर सिन्जाली ,वालिङका पुर्ब मेयर लालचन गैह्रे लगायतको उपस्तिथी रहेको थियो ।
कार्यक्रममा ३४ जना बृद्ध बृद्धालाई नगद,दोसल्ला र प्रमाणपत्र साथै महिला स्वयंसेबिकालाई सम्मान गरिएको थियो । कार्यक्रममा बृद्ध बृद्धाको तर्फबाट पूर्ब मेयर लालचन गैह्रेले आफ्नो भनाई राख्नु भएको थियो । वडा अध्यक्ष खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत लेखमाया एस.के. र सन्चालन वार्ड सचिव दिपेन्द्र गैह्रेले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP