वालिङमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

वालिङ :
वालिङका उद्योगी ब्यापारीहरुसहित सरोकारवालाहरुका लागि अन्तरक्रिया एवं करदाता शिक्षा सञ्चालन गरिएको छ ।
करदाता सेवा कार्यालय स्याङ्जाको आयोजना तथा वालिङ उद्योग वाणिज्य संघको समन्वयमा बिहीबार वालिङस्थित सिटीहलमा अन्तरक्रिया गरिएको हो ।
उद्योगी, ब्यापारी लगायत सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको उक्त अन्तरक्रिया कार्यक्रममा करदाता सेवा कार्यालय स्याङ्जाका प्रमुख शोभाकान्त पंगेनीले पान लिएपछि अनिवार्य रुपमा खरिद बिक्री खाता राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले सेवाग्राहीहरुले स्पष्ट देखिने गरी पान नम्बर तथा करपाटीहरु ब्यापार ब्यवसाय गरेको ठाउँमा राख्नुपर्ने बताउनुभयो । उद्योगी ब्यापारी तथा सरोकारवालाहरुले राखेका जिज्ञाशाहरुको पगेनीले सहजीकरण गर्नुभएको थियो ।
वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले उद्योगी, ब्यापारी तथा सरोकारवाला पक्षहरुलाई करका विषयमा रहेका जिज्ञाशाहरुको समाधान गर्दै आयब्ययलाई चुस्त दुरुस्त राख्न सहयोग पु¥याउने उद्देश्यले अन्तरक्रियाको आयोजना गरिएको बताउनुभयो । करसम्बन्धी ज्ञान प्रदान गरी आगामी दिनमा ब्यापार ब्यवसायलाई सहज ढंगले सञ्चालन गर्नमा सघाउ पुग्ने विश्वास उहाँले गर्नुभयो ।
कार्यक्रमममा करदाता सेवा कार्यालय स्याङ्जाका डाटा ईन्ट्री सुपरभाईजर सुवास मरासिनीले करकाबारेमा जानेर त्यसलाई ब्यवहारमा उतार्न सके झण्झटिलो नहुने बताउनुभयो । वालिङ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारीको स्वागत मन्तब्यसँगै शुरु भएको उक्त अन्तरक्रिया कार्यक्रम संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP