नगरपालिकाले दियो उद्यम सामग्री
स्याङ्जा :
पुतलीबजार नगरपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकाससम्बन्धी प्रशिक्षणसँगै उद्यम सामग्री प्रदान गरेको छ । सहभागीका माग अनुरुपमा उद्यमसँग सम्बन्धित उपकरण दिइएको हो ।
नगरपालिकाको आयोजनामा प्रविधि र लघुवित्तमा पहुँच सहित बजारीकरणमा सहजीकरणसम्बन्धी २ दिने प्रशिक्षण दिएको थियो ।
नगर उपप्रमुख देवी अर्यालले सहभागीलाई सामग्री हस्तान्तरण गरिन् । सहभागीका माग बमोजिम बाख्रापालन, मौरीपालन, च्याउखेती, चुरापोते, सिलाइकटाइका लागि आवश्यक सामग्री दिइएको उपप्रमुख अर्यालले बताउनु भयाे ।
सामग्री हस्तान्तरण गर्दै उपप्रमुख अर्यालले भन्नुभयाे, ‘तपाईंहरु उद्यमी बनेर आर्थिकोपार्जन गरेको हेर्न मन छ । तपाईंहरु घरमै बसेर पनि उद्यम सञ्चालन गर्न सक्नुहुन्छ । यसका लागि नगरपालिका सहयोग गर्न तयारी छ । राम्रो उत्पादन गर्नुहोस् । प्रशिक्षणमा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्नुहोस् । युवाशक्ति उद्यममा जोड्नुहोस् ।’
नेपाल बैंक लि. प्रमुख विष्णु खनाल, पर्यटन तथा उद्योग कार्यालयमा प्रमुख ठाकुरप्रसाद ढकाल, पुतलीबजार नगरपालिका प्रशासन अधिकृत धनप्रसाद कोइराला, उद्यमी चन्द्रशोभा रानाले उद्योग र उद्यम र वित्तीय कारोबारबारे प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा नगरपालिका अन्तर्गतका ५ वटा वडाका ७३ जना महिला तथा पुरुष सहभागी थिए ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


