पुतलीबजार नगरपालिकाको १३ औं नगरसभा सम्पन्न ।
स्याङजा :
पुतलीबजार महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट सहित नीति तथा कार्यक्रम पारित गरेको छ । पुतलीबजार नगरपालिकाको आयोजनामा बिहीवार आयोजित १३ औं नगरसभामा नगरप्रमुख तुलसीराम रेग्मीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख देवी अर्यालद्धारा प्रस्तुत १ अर्ब ४० करोड २३ लाख २८ हजार रुपैयाँ बरावरको बजेट पारित गरेको हो । सभामा नीति तथा कार्यक्रमका बारेमा वाचन गदै नगर प्रमुख रेग्मीले संचालनमा रहेका नगरका गौरबका योजनालाई निरन्तरता दिईने गरी, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, सडक, पर्यटन, प्रबिधि, सामाजिक सुरक्षा तथा पञ्जिकरण, वातावरण, विपद ब्यवस्था, महिला, बालबालिका, जेष्ठ नागरिक , न्यायिक सेवा, सूचना तथा सञ्चार क्षेत्रलाई प्राथमिकता राखेको उल्लेख गर्नुभयो ।शिक्षा, स्वास्थ्य र पूर्वाधार समुन्नत पुतलीबजारको आधार भन्ने मुल नाराका साथ सवल वडा समुन्नत नगरपालिका बनाउने परिकल्पना साथ अधि बढेको प्रमुख रेग्मीले बताउनुभयो ।
यसैगरी, उपमेयर देवी अर्यालले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित आयव्यय सहितको सो बजेट प्रस्तुत गर्नुभएको थियो । आगामी आर्थिक वर्षको कुल बजेटमध्ये चालूतर्फ ९४ करोड ५८ लाख ८६ हजार अर्थात् र पूँजीगत तर्फ ४५ करोड ६४ लाख ८५ हजार रुपैंया विनियोजन गरिएको छ ।
नगरसभामा बिधायन समितिका संयोजक अनिता रुचालले पुतलीबजार प्रज्ञाप्रतिष्ठान गठन सम्बन्धमा, लेखा समिति सदस्य सन्तोष रेग्मीले लेखा सम्बन्धमा र न्यायिक समितिका सदस्य सुरेन्द्र केसीले न्यायिक समितिका बारेमा आ आफना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा नगरसभासद् बाग्मती भुजेल, कोपीला नेपाली, सोमबहादुर कुवर, मुवारक मिया, कमलबहादुर रोका, लीलबहादुर राना, शोभा बिक लगायतले पक्ष र विपक्षमा रहेर आ आफना टिप्पणी सहितका सुझाव दिनुभएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


