नेपालले अमेरिकालाई ६ विकेटले हरायो
भीम सार्कीको अर्धशतकीय पारीमा नेपालले विश्वकप छनोटमा पहिलो जित हात पारेको छ । मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो । २०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको हो ।
नेपालका लागि भीम सार्कीले अविजित रहँदै सर्वाधिक ७७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले पनि अविजित रहँदै ३९ रन बनाए । त्यस्तै ओपनर कुशल भुर्तेलले ३९ रन बनाए ।
यसअघि नेपालसँग टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भएको थियो । अमेरिकाका लागि सायन जाँहागिरले अविजित १०० रन बनाए ।
नेपालका लागि करण केसीले ९ ओभरमा ३ मेडन राख्दै ३३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । उनले ५ ओभरमा १५ रनमात्र खर्चे । त्यस्तै गुल्शन झाले १० ओभरमा ५२ रन खर्चेर कुल ३ विकेट लिए ।
कुशल भुर्तेलको ९९ रनमा नेपालले २ सय ९० रन बनाए पनि पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । अमेरिका पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।
नेपालले आगामी खेलमा बिहीबार वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ ।
यसै वर्ष अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपका लागि छनोट आधार रहेको विश्वकप छनोट प्रतियोगितामा नेपाल समावेश समूह ‘ए’ मा टेस्ट राष्ट्रद्वय वेस्ट इन्डिज र जिम्बावेसहित नेदरल्यान्ड्स र अमेरिका छन् । त्यस्तै श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई समूह ‘बी’ मा छन् । समूहका शीर्ष ३ टोली सुपर लिगमा पुग्नेछन् । त्यसबाट शीर्ष दुई टोली फाइनल पुग्दै भारतमा हुने विश्वकपलाई छानिने छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


