सांसदले ५ करोड लिएर घर बनाउनेजस्तो हंगामा गरियो : सांसद थापा

काठमाडौँ :

नेपाली कांग्रेसका सांसद राजु थापाले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम दुरुपयोग नहुने बताउनु भएकाे छ। उहाँले सांसदको व्यक्तिगत प्रयोजनका लागि सरकारले उक्त रकम विनियोजन नगरेको बताउनु भयाे ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद थापाले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको समर्थन गर्नु भयाे । उक्त कार्यक्रमको विरोध भइरहेको र सरकारलाई फिर्ता लिन दबाब सार्वजनिक रूपबाट भइरहेको बेला कांग्रेस सांसद भने समर्थनमा उत्रिनु भएकाे हाे ।

विगतमा सांसद विकास कोषका नाममा विवादित कार्यक्रमको कांग्रेस सांसदले व्यक्तिगत प्रयोजनका लागि नभएको भन्दै कांग्रेस सांसद थापाले आलोचना गर्नुको तुक नभएको बताउनु भयाे । ‘एउटा सांसदले निर्वाचन पूर्वाधार क्षेत्रअन्तर्गतका कार्यक्रमलाई ठूलो अफवाह र हंगामा फैलाइयो । सांसदले बोकेर घर बनाउने जस्तो गरियो,’ उहाँले भन्नुभयाे, ‘यो ५ करोड सांसदले कुनै घर बनाउन लगेको होइन । जनताको तटबन्ध, बाटो, स्वास्थ्य, कृषि उत्पादनसँग जोडिएका समस्या समाधानका लागि यो बजेट हो । जनताको भावनाहरूलाई मल्हमपट्टी लगाउने प्रयास गरिएको हो । यसले बजेटको दुरुयोग हुँदैन । नेपाल सरकारको खरिद ऐनमा टेकेर काम हुनेछ । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम राम्रो छ ।’

प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्ने बजेट सार्वजनिक गरिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सांसद र वडाध्यक्षको हैसियत समान पुगेको भन्दै आलोचना गरेका थिए । उहाँले सांसद वडाध्यक्ष र आम नागरिकको भएको भन्दै आलोचना गर्नुको कुनै अर्थ नभएको बताउनु भयाे ।

सरकारले ल्याएको बजेट राम्रो भएपनि कार्यान्वयनमा समस्या रहेको सांसद थापाको भनाइ थियो । बजेटले नेपालको शिक्षा, स्वास्थ्य क्षेत्र, कृषि क्षेत्रलाई सुधार्ने र आर्थिक अवस्थालाई सबल बनाउने लक्ष्य लिएको उहाँको भनाइ थियो ।

Facebook Comments Box
TOP