मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा एक बालिकाको मृत्यु ।
स्याङ्जा, १२ असार ।
स्याङ्जाको विरुवा गाउँपालिकामा करेन्ट लागेर साेमबार दिउँसो एक बालिकाको मृत्यु भएको छ । विरुवा गाउँपालिका ७ बलेवाका दल बहादुर गुरुङकी १० वर्षीया छोरी गीता गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।
आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा विजुलीको प्लगबाट करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकाको प्राथमिक स्वास्थ केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


