सुन्तला रोपण अभियानको शुभारम्भ गर्दै मन्त्री भुषालले राज्यमा रहेका तिनै तहका सरकारहरुले कृषि क्षेत्रमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले किसानको मुख्य समस्याको रुपमा रहेका बादर समस्या समाधानकालागि सरकारले योजना बनाएको पनि बताउनुभयो । भुषालले आर्थिक आम्दानीकालागि माछा, बाख्रा र कुखुरा पालन, सुन्तला,कागती र व्यसायीक तरकारी खेती गरे आर्थीक रुपमा सक्षमहुन सक्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले नेपालको बाझो जमिनलाई व्यवस्थीत गरी कृषि गरेमा विदेशमा जान नपर्ने बताउनुभयो । त्यसैगरी कार्यक्रममा नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा र भिरकोट नगरपालिकाका नगर प्रमुख गोविन्दकुमार कर्मचार्य लगाएतले मन्तव्य राख्नुभएको थियो ।
परियोजना निर्देशक विनोद कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न सुन्तला रोपण अभियान शुभारम्भ कार्यक्रमको संचालन सुन्तला सुपरजोन परियोजना कार्यान्वयन ईकाई स्याङजाका प्रमुख माधव लम्सालले गर्नुभएको थियो भने स्वागत मन्तव्य पुर्व वडा अध्यक्ष यामप्रसाद अधिकारीले राख्नुभएको थियो ।
परियोजना कार्यान्वयन ईकाई स्याङजाको पहलमा भएको सुन्तला रोपण अभियानमा ४ हजार सुन्तलाको विरुवा रोपण गरिने छ ।



