मौरी सहितको घार बितरण
गल्याङ :
नेपाली समाजलाई नियालेर हर्ने हो भने सबैभन्दा भरपर्दो पेसा कृषिलाई मान्न सकिन्छ । धेरै नेपालीको जीवीकोपार्जनको बलियो आधार कृषि नै हो । कृषिनै समाजको सबैभन्दा पुरानो र भरपर्दो पेसा पनि हो । मानव सभ्यताको विकासक्रमसँगै परम्परागत रुपमा खेतीपातीको सुरुवात भएको पाइन्छ ।
गल्याङ नगरपालिका को आर्थिक बर्ष २०७९/८० को स्वीकृत वार्सिक कार्यक्रम मौरी तथा च्याउ प्रबर्द्धन कार्यक्रम अन्तरगत वडा न १ देखि ११ सम्मका कृषक हरुलाइ ५०% अनुदान मा मौरी सहितको घार ७६ र खाली घार १८ गरि जम्मा ९४ वटा घार ३५ जना मौरी पालन गर्न इच्छुक कृषकहरुलाइ ,नगर प्रमुख गुरुप्रसाद भट्टराई र नगर उपप्रमुख हेमा न्यौपाने तिमिल्सिना को उपस्तिथिमा गल्याङ नगरपालिका को सिटि हलमा कृषकहरुलाइ बितरण गरियो । कार्यक्रम मा बोल्दै नगरप्रमुख गुरु प्रसाद भट्टराई ले कृषक हरुलाई उत्पादन मुखी बनाउन को निमित्त ,नगरपालिका ले कृषिक्षेत्रको उन्नतिको लागि किसानहरुलाई हौसला दिनु जरुरी छ । राज्यले कृषि नीति बनाउँदा दुर्गम तथा ग्रामीण क्षेत्रमा कृषि सहकारी वा लघुवित्त संस्थाको माध्यमबाट स्थानीय निकायको परिचालन गरी सामुहिक खेती प्रणालीको अबधारणा अगाडी ल्याउन सके गरिबी तथा बेरोजगारी घटाउन सहयोग पुग्छ।
कृषि पेसालाई सक्रिय सहभागिता, बलियो आधार र दिगो पेसा बनाउनको निम्ति किसानको आवश्यकतामा आधारित रहेर कृषि पूर्वाधारको विकासमा जोड दिनुपर्छ। मौरी पालन पेशाका लागि धेरै जग्गा र लगानीको अवश्यकता पर्दैन । यो पेशा प्रवल बनाउन मौरीमा धेरै नीग्रानीको जरुरी हुन्छ । भट्टराईले भन्नु भयो कृषि पेशालाई सम्मान गर्दै कृषि कर्ममा लाग्ने कृषकलाई परम्परागत कृषि प्रणाली भन्दा पनि व्यवसायीक र आधुनिकिकरणमा अगाडि बढ्न आग्रह गर्दै त्यस अभियानमा आफू र नगरको तर्फबाट साथ सहयोग रहने कुरा बताउनु भयो । कृषकले उत्पादन गरेका बस्तुको बजारीकरण तथा अनुदान प्रदान गर्ने पक्षमा आफू रहेको र नगरपालिकाले साथ दिने कुरा पनि अबगत गराउनु भयो ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …