गल्याङका मेयर भट्टराईले एक सातामै पुर्याए स्थानीयको घरमा खानेपानी
गल्याङ:
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराई करिब एक हप्तामै स्थानीयको टोलमा खानेपानी पुर्याउन सफल भएका छन् ।
लामो समयदेखि खानेपानीको समस्या भोगिरहेका गल्याङ नगरपालिका वडा न ११ जिमुवा टोलमा गल्याङ नगरपालिका प्रमुख भट्टराई नेतृत्वको टोलीको सक्रियताले एक सातामै खानेपानी पुर्याएको हो ।
स्थानीयहरुले लामो समय देखि खानेपानीको समस्याले ग्रसित भएको र एक हप्ता अगाडि भट्टराईलाई जानकारी गराएपछि तत्काल काम अगाडी बढाई खानेपानी पुर्याउनु भएकाे हाे ।
जिमुवा गाउमा रहेको बस्तिमा खानेपानीको समस्या समाधान भएसँगै करिव १५० घरधुरिका स्थानीयहरुले खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन समेत गरेका छन।
खानेपानी उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख भट्टराईले सबै खाले समस्याको समाधानमा सदैव कटिबद्ध रहने खानेपानीको दीर्घकालीन समाधानका लागि काम गर्ने प्रचिवद्धता व्यक्त गर्नु भयाे। गल्याङ नगरपालिका वडा न ११ का वडाध्यक्ष दल बहादुर सिङ्जालीले स्थानीय आवश्यकता र अभाव पुर्तिका लागि सफल प्रयास गरिदिनुभएकोमा नगर प्रमुख र नगरपालिकालाई नै विशेष आभार ब्यक्त गर्नु भयाे ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


