हरिनास गाउँपालिकाको १३ औँ सभा (बजेट अधिबेशन) सम्पन्न ।
हरिनास :
स्याङ्जाको हरिनास गाउँपालिकाको १३ औँ सभा (बजेट अधिबेशन) सम्पन्न भएको छ । हरिनास गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरको अध्यक्षतामा सभा सम्पन्न भएको हो । गाउँसभमा आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम,बजेट तथा कार्यक्रम पेश गरिएको छ । सभामा पालिकाको आर्थिक ऐन, बिनियोजन ऐन लगायत विविध विषयमा छलफल भएको अध्यक्ष मानन्धरले जानकारी दिनुभयो ।
सभामा हरिनास गाउँपालिका उपाध्यक्ष इन्द्रकुमारी थापा रानाले आर्थिक बर्ष २०८०/०८१ को बजेट बारे जानकारी गराउनु भएको थियो ।
सभामा वडा अध्यक्ष, कार्यपालिका सदस्य,गाउँसभा सदस्य, कर्मचारी,पत्रकार,सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।



समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


