गल्याङका टोल विकास समितिका पदाधिकारीहरुलाई सेवा प्रवाह सम्बन्धी तालिम
गल्याङ :
गल्याङ नगरपालिका टोल विकास समितिका पदाधिकारीहरुलाई सेवा प्रवाह सम्बन्धी तालिम दिन शुरु गरिएको छ ।
तालिमको शुभारम्भ गर्दै गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले विकास निमाएण अभियानमा सकरात्मक सोच राखेर अगाडि वढ्न सके मात्रै सफलता मिल्ने बताउनु भयो ।
बिहिबार वडा नं.३ को आयोजनामा टोल विकास समितिका पदाधिकारीहरुलाई सेवा प्रवाह सम्बन्धी तालिम दिन शुरु गरिएको हो ।
नगर भित्र सञ्चालन भएका योजनाहरु आफ्नो हो भन्ने भावनाको विकास गराउन नेपाल सरकारले १ करोड सम्मको योजना उपभोक्ता समिति मार्फ गर्न सक्ने व्यवस्था मिलाएको सबै मिलेर समुन्त समाज निर्माणमा ध्यान दिनु पर्ने कुरा बताउनु भयो ।
उहाँले भन्नु भयो कसैको नकरात्मक टिकाटिप्णी गर्ने अनावश्यक भाषण गर्ने र सामाजिक सञ्जालमा नकरात्मक टिकाटिप्णी नर्गन समेत आग्रह गर्दै वडा र नगर भित्रका योजनाहरु समयमै सम्पन्न गरि बेलैमा भुक्तानी लिने बानी बसाल्न समेत आग्रह गर्नु भएको थियो ।

हामी मानवले समाजमा सामाजिक भावना विकास गराउने खालका कार्यक्रम सञ्चालन गर्नु पर्ने र राम्रो काम गर्नेहरुको वडादेखी नगर सम्म मुल्याङ्कन हुने कुरा बताउनु भयो ।
गल्याङ नगरपालिका वडा नं.३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईले गल्याङ नगरपालिकाको सदरमुकाममा रहेको वडा नं.३ लाई सबैको साथ सहयोगले नमुना वडा बनाउने अभियानमा सबैको साथ सहयोग आवश्यक लिएर आफू अगाडि बढेको कुरा बताउनु भयो ।
कार्यक्रममा लेखा अधिकृत तेजन गैह्रे,योजना शाखा प्रमुख लिलाधर चापागाई, बल्पुक टोल विकासका अध्यक्ष मोतिलाल बस्याल, तल्लोगल्याङ विकास समितिका अध्यक्ष प्रेमबन्धु सुबेदी, गल्याङ बजार टोलविकास समितिका अध्यक्ष रफि खान, चिन्नेपानी टोल विकास समितिका अध्यक्ष जितमान राना, गल्याङ बजार भानु टोल विकास समितिका अध्यक्ष राम प्रसाद भट्टराई, आमिलाखर्क टोलविकास समितिका अध्यक्ष नारायण प्रसाद भट्टराई, फलाङ टोलविकास समितिका अध्यक्ष केशवराज न्यौपाने,लल्याङ टोलविकास समितिका अध्यक्ष विष्णु प्रसाद भट्टराई लगायतले आफ्नो आफ्नो समस्याका बारेमा बोल्नु भएको थियो ।
वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव यामनाथ बस्याल(सुधिर)ले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि
पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…


