व्यावहारिक शिक्षाले मात्रै जीवन स्तर माथि उठ्न सक्छ : नगर प्रमुख भट्टराई
गल्याङ :
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले व्यावहारिक शिक्षाले मात्रै जीवन स्तर माथि उठ्न सक्ने बताउनु भएको छ । उहाँले भन्नुभयो,“शिक्षा व्यावहारिक र सीपमुलक हुनै पर्दछ तव मात्र जीवनस्तर माथि उठ्न सक्दछ ।”
गल्याङ नगरपालिको आयोजनामा भएको गल्याङ नगरपालिका स्तरीय आधारभूत र माध्यमिक तह शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भयो ।
उहाँले भन्नु भयो सबैको प्रयासले समाजलाई अगाडि बढाउन टेवा पुग्ने र खानेपानी, सिंचाई सडक निवाहमुखी भए हुने तर निबाहमुखी शिक्षाले शैक्षिक गुणस्तर बृद्वि नहुने भएकाले यसको गुणस्तरमा एक दिनपनि ढिलो गर्न नहुने भन्दै अन्य काममा बजेट व्यवस्थापन गरेर गुणस्तर बृद्वि गर्न सकिने भए पनि शिक्षामा पछि गएर गुणस्तरीयता बृद्वि गर्न नसकिने बताउनु भयो ।
सबैको लगानशिलता र परिश्रमले मात्रै शिक्षामा गुणस्तरीयता र उपलब्धी हुने भन्दै त्यस कार्यमा खट्नु हुने कर्मचारी शिक्षक शिक्षिकाहरु सबैलाई धन्यवाद दिदै आगामी आर्थिक बर्षमा अझै प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने पक्षमा आफू र नगरपालिका लागि परेको बताउनु भयो ।
कार्यक्रममा गल्याङ नगर शिक्षा समितिका सदस्य चुरामणि पाण्डेले भन्नुभयो गल्याङ नगरपालिकाले शैक्षिक गुणस्तर बृद्वि गर्नका लागि रचनात्मक र सिर्जनात्मक कार्यसंगै नयाँ नयाँ योजनाका साथ अगाडि वढेको प्रति धन्यावद दिनु भयो ।

माध्यमिक तर्फ १६ विद्यालयहरुको सहभागिता रहेकोमा गणित, विज्ञान, समाजिक सबै बिषयमा चिराग आवासीय माध्यमिक विद्यालय प्रथम, सार्वजनिक माध्यमिक गणित विज्ञान, सामाजिक विषयमा द्वितीय, नरोदय माध्यमिक विद्यालय विज्ञान र गणित विषयमा तृतीय,बज्रे भञ्ज्याङ्ग माध्यमिक विद्यालय सामाजिक विषयमा तृतीय हुन सफल भएको थियो ।
आधारभूत तह तर्फ ३८ विद्यालयको सहभागीता रहेकोमा गणित विषयमा प्रथम राधाकृष्ण आधारभूत विद्यालय, कोपिला आधारभूत विद्यालय द्वितीय र तृतीय हिमाञ्चल आधारभूत विद्यालय भएका छन ।
सामाजिक राधाकृष्ण आधारभूत विद्यालय प्रथम, कोपिला आधारभूत विद्यालय दोस्रो, लखन थापा आधारभूत विद्यालय तेस्रो भएका थिए ।
विज्ञान तर्फ कोपिला आधारभूत प्रथम, राधाकृष्ण आधारभूत विद्यालय दोस्रो, लखन थापा आधारभूत विद्यालय तथा हिमाञ्चल आधारभूत विद्यालय सान्त्वना भएका थिए ।प्रतियोगितामा प्रथम,दोस्रो,तेस्रो हुने विद्यालयलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
गल्याङ नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख केदार राज आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शाखाका प्राविधिक सहायक हिमलाल भण्डारीले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि
पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…


