“बसौं बसौं लाग्ने गाँउ र सहर, समुन्नत र समृद्ध गल्याङ नगर”भन्ने नाराका साथ गल्याङको १३ औं नगर सभा सम्पन्न

Guru Bhattarai Galyang

गल्याङ :
“बसौं बसौं लाग्ने गाँउ र सहर, समुन्नत र समृद्ध गल्याङ नगर”भन्ने मुल नाराका साथ गल्याङ नगरपालिकाको १३ औं नगर सभा गल्याङ नगरपालिकाको सभाहलमा सम्पन्न भयो ।
कार्यक्रममा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख गुरु प्रसाद भट्टराईले आगामी आर्थिक बर्ष युवा रोजगारीका लागि पर्यटन र उद्यमशिलता संगै उत्पादनको वर्ष हुने, सुशासनको पक्षमा निरन्तर क्रियाशील पत्रकारहरु मध्येबाट विभिन्न विधामा प्रत्येक बर्ष १ जनालाई नगरस्तरी सुशासन पत्रकारिता पुरस्कार दिइने, गल्याङ नगरपालिका वडा नं ५ जोगिमारा, स्यालबास , ताम्केकोट सडकलाई पुर्व वडाध्यक्ष स्वर्गिय विष्णु क्षेत्री मार्गको रुपमा नामाकरण गरी निर्माण गरिने ।वडा ११ र ३ मुड्किल्लामा नगरस्तरिय अत्याधुनिक सुविधा सहितको वसपार्क निर्माण प्रकृया अगाडी बढाइने कुरा बताउनु भयो ।
उहाँले वडा नं.९ जामुने र रम्भा १ साठी पाल्पा जोड्ने कालीगण्डकीमा झोलुङ्गे पुल, गल्याङ – ११ बुढाथोकिडाडा देखि गल्याङ –७ सेनापुक सम्म झोलुङ्गे पुल र आमिलाथुम देखी गेजा टेक्रे वडा कार्यालय जा्ड्ने झोलुङ्गे पुल निर्माण गरिने कुरा बताउनु भयो । नगर क्षेत्रभित्र एकिकृत नमुना वस्तिको विकाससंगै वस्ति व्यवस्थापनलाई गुरु योजना मार्फत व्यवस्थित गरिने जाउनु भयो ।


नगर प्रमुख गुरु प्रसाद भट्टराईले भन्नु भयो निश्चित सुचकका आधारमा नगरभित्रका आधारभुत तह र माध्यमिक तह सञ्चालित १÷१ वटा विद्यालयहरुलाई नगर नमुना विद्यालयका रुपमा विकास गरिने, एक विद्यालय एक योग गुरु बनाउन योगा प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिने । नगरका सबै स्वास्थ्य संस्थामा सुरक्षित मातृत्व तथा सूरक्षित शिशु जन्मका लागि वर्थिङ्ग सेन्टरको निर्माण गरि गुणस्तरीय सेवा प्रवाह गर्ने,लक्षित समुहलाई सिप विकास तथा प्रविधि हस्तान्तरण मार्फत एक घर एक सिप विकास गरी रोजगारी प्रवर्धन गरिने । “गल्याङका महिला उद्यमका लागि सीपमूलक कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो ।
नगर प्रमुख भट्टराईले भन्नु भयो उज्यालो गल्याङ नगर कार्यक्रम अन्तर्गत नगर क्षेत्र भित्रका सडकहरुमा आवश्यक संख्यामा सडक वत्ती जडान गरिनेछ । हरेक घरले सार्वजनिक प्रयोगका लागि बाटो तर्पm बत्ती बाल्न प्रोत्साहित गरिने ,आधुनिक र प्रविधीमैत्री कृषि ब्यवसायको विकास गर्दे नगरपालिकाले अवलम्बन गरेको उत्पादन बर्ष २०८० कार्यक्रम समेत सञ्चालन गरिने ।


युवाहरुको वैदेशिक रोजगारीमा जाने बढ्दो प्रवृत्तिलाई स्वदेशी उद्यममा आकर्षण गर्न स्वदेशी वस्तुहरुको उत्पादन, प्रवद्र्धन र बजारीकरणलाई प्रोत्साहन गरिने । यसको सुरुवात स्वरुप नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरुको पहिचान गरि नेपाली बस्तुहरुको बजार संचालनमा ल्याइने बताउनु भयो ।
विभिन्न स्थानहरुमा वाईफाई फ्री चौतारी र खुल्ला ब्यायामशाला निर्माण गरिने आगामी द्ध वर्ष भित्र वडाका केन्द्रलाई कालोपत्रे सडकले जोड्ने गरि कार्यक्रम कार्यान्वयनका लागि संघ र प्रदेशसंग सहकार्य गरिने । नगरपालिका भित्रका बस्तीहरुको टोलका घरहरुको घर नम्बर समेत निर्धारण गरी तथ्याङ्किय रुपमा राखिने र सोही अनुसार कार्यक्रम बनाइने, प्रत्येक वडाका टोलटोलमा जनता संग मेयर कार्यक्रम सञ्चालन गरिे हरेक क्षेत्रको सुझाव अपेक्षा संकलन र कार्यान्वयन गरिने ।
अनुदानमा प्रती लिटर दुधमा रु १५ कार्यक्रम निरन्तता,बाख्रा मासुको उत्पादनमा हाल को भन्दा दोब्बर बढाइने छ ,दुधबाट खुवा÷ छुर्पी लगायत बिबिधिकरण गरिने छ । निर्यातमुखी बनाइने छ ।पसु बिमा,ब्याज अनुदान कार्य निरन्तरता दिइनेछ,नगरपालिका पसुपङ्छीमा पुर्ण खोप कार्यक्रम संचालक गरिनेछ ,हालको दुध उत्पादन दोब्बर वृद्धि गरिनेछ ,माछा पालनमा पकेट उत्पादन गरिनेछ,उन्नत र पोषिलो घाँस उत्पादन गरि उत्पादन लागत घटाइने छ ,पसु पन्छीको लागि आधारभुत प्रयोगशाला स्थापना गरिने छ ,प्रत्येक वार्डमा पसु ÷ कृषि प्राविधिक ब्यबस्थापन गरिने छ ,प्रत्येक वार्डमा पसु स्वास्थ सिबिर सन्चालन गरिनेछ,वैदेशिक रोजगारबाट फर्किएका युवाहरुले गरेको पसुपालन व्यावसायमा प्रोत्साहन गर्दै नया ब्याबसय खोल्न सहयोग गरिनेछ ।गाई ÷/भैंसी /बगुर पकेट क्षेत्र स्थापन्ना गरिने कुरा बताउनु भयो ।


कार्यक्रममा आर्थिक वर्ष २०८०÷०८१को बजेट गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपानेले प्रस्तुत गर्दै जलविधुत रोयल्टी संघबाट रु ५ करोड, स्थानीय राजस्व बाडफांटवाट रु ५० लाख, संघिय सरकार बाट समानिकरण अनुदान वाट रु १२. करोड २८ लाख, गण्डकी प्रदेश सरकार समानिकरण अनुदान वाट रु १ करोड ६९ लाख ७२ हजार, शशर्त अनुदान (चालू) संघिय सरकारवाट रु ३५ करोड ३२ लाख, शशर्त अनुदान (पुंजिगत) संघिय सरकारवाट रु२ करोड ७५ लाख, समपुरक अनुदान संघ बाट रु १ करोड, विशेष अनुदान संघ रु १ करोड ५० लाख, सशर्त अनुदान प्रदेश सरकार रु ५० लाख, समपुरक अनुदान प्रदेश रु १ करोड, बिशेष अनुदान प्रदेशवाट रु ५० लाख गरी जम्मा रु ८१ करोड ४४ लाख हुने अनुमान गर्नु भएको थियो ।

 

 

Facebook Comments Box
TOP