शिक्षा समन्वय इकाईको मुख्यद्धारमा बिद्यालय कर्मचारीको धर्ना जारी
स्याङ्जा :
सरकारी बिद्यालयमा कार्यरत कर्मचारीले बिगत ३ दिनदेखि शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयको मुख्यद्धारमा बसेर धर्ना दिदै आएका छन्। बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म उनीहरुको धर्ना रहन्छ ।
नेपाल बिद्यालय कर्मचारी परिषद स्याङ्जाले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीका सेवा, सुबिधा सहित पेशागत स्थायित्वको माग गर्दै साताब्यापी धर्ना जारी राखेको जनाएका छन् ।
परिषदका अध्यक्ष चिरञ्जिवी न्यौपानेका अनुसार, ‘न्यून तलबमा पनि स्थायी शिक्षक सरह सेवा प्रदान गरिरहेका हामी कर्मचारीका बारेमा बजेट सम्बोधन गरिएन। नेपाल सरकारको निति तथा कार्यक्रमको बुदा नं १२७ मा समेटिएपछि पनि बजेटमा कतैं सम्बोधन नभएकाले आन्दोलनमा उत्रिएका छौं।’
बर्षौंदेखि न्यून सेवा र सुबिधामा पनि सेवारत स्याङ्जाभर ५ सय ६ जना बिद्यालय कर्मचारी रहेको अध्यक्ष न्यौपानेले जनाउनुभयो । विगतदेखि नै पटक÷पटकका सरकारले हामीमाथि विभेदकारी ब्यहार गरिरहेको दुखेसो सुनाउनुभयो ।
हाम्रा शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन नगरिए आन्दोलनलाई चर्काउने आन्दोलनरत कर्मचारीहरुका साझा भनाई छ ।
जेठ २१ देखि सुरु भएको धर्ना २६ सम्म जारी रहने आन्दोलरत कर्मचारी गीता आचार्यले जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘हाम्रो आवश्यकता छैन भने घर पठाइदेओस्, आवश्यक छौं भने ब्यवस्थापन अब ढिलो नगरियोस्।’
आन्दोनलनरत बिद्यालय कर्मचारीले शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय र जिल्ला स्थित एघारै वटै पालिकाका शिक्षा शाखालाई समेत जानकारी पत्र बुझाएको जनाएका छन्।विद्यालय कर्मचारी भनेका बिद्यालयले नियुक्त गरेका लेखापाल र कार्यालय सहयोगी हुन् ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


