सुनका गरगहाना चोरी गर्ने नयाँ तरिका बन्यो टिकटक, स्याङ्जामा एक महिला पक्राउ ।

स्याङ्जा, ७ असार ।
सामाजिक संजाल टिकटकको माध्यमबाट नजिक भईृ चोरी गर्ने एक महिला स्याङ्जामा पक्राउ परेकीछन् ।
टिकटक मार्फत सुनका गरगहना लगाएका अपरिचित मानिसहरुलाई साथी बनाउने, उनीहरुको टिकटक पोष्टहरुमा लाईक तथा कमेन्ट गरी टिकटक मार्फत नै कुराकानी गर्ने र नजिकको साथी बनी घरमा गई चोरी गर्ने गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्रेको हो ।
पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २४ की कुसुम वि.सी.रहेको प्रहरी पव्रक्ता प्रहरी नायव उपरिक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो । कुसुमले टिकटकबाट बनाएका साथीहरुको घरमा गई कहाँ के राखेको छ, गोप्य समान कहाँ छन् भन्ने जानकारी लिए पछि चोरी गरी भाग्ने गरेको प्रबक्ता खनालले जानकारी दिनुभयो ।
वालिङ नगरपालिका वडा नं. ६ एक्ले पिपल स्थित एक घरमा कुसुमले चोरी गरी भागेको उजुरी परे पछि चोरीको नयाँ तरिका बाहिर आएको प्रहरीको भनाई छ ।
उनले टिकटक मार्फत सुन चोरी गर्ने पोखरामा लगेर सुनचादी पसलमा बेचबिखन गर्ने गरेको प्रहरीको भनाई छ ।
पक्राउ परेकी कुसुमको साथबाट आधा तोला बराबरको बेरुवा औठी एक थान र अन्दाजी एक तोला बराबरको करुवा लकेट सहितको सिख्री एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनले कुन ठाउँबाट कति गरगहना चोरी गरिन भन्ने बारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…