चापाकोट : निशुल्क स्वास्थ्य शिविर सम्पन्न
चापाकोट :
स्याङ्जाको चापाकोट नगरपालिकामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । महिलाहरुलाई लक्षित गरि महिलाहरुको रोग सम्वन्धि निशुल्क स्वास्थ्य शिविर संचालान गरिएको चापाकोटका नगरप्रमुख देबबहादुर खाँणले बताए । चापाकोट नगरपालिका र निम सस्थांको सहकार्यमा आधारभुत स्वास्थ्य केन्द्र चापाकोट नगरपालिका ८, बेलडाँडामा पाठेघरको मुखको क्यान्सर तथा स्त्री रोगसम्बन्धी दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
स्वास्थ्य शिविरको कार्यक्रममा बोल्दै नगरपालिकाका नगर प्रमुख देव बहादुर खाण (ईश्वर) ले शिविरमार्फत गाउँ घरमै सेवा लिन पाउने अवसर प्राप्त भएको बताए । महिलाहरुले रोग लागे पनि अप्ठोरो नहुँदासम्म नभनी बस्ने बानी भएकाले यस्ता खालको शिविरले प्रत्यक्ष फाइदा पुग्ने उनको भनाई छ । नागरीकले पाउनुपर्ने स्वास्थ्य सेवा अव घर टोलमा पु¥याउन स्थानिय सरकार लागी परेको बताउदै नागरिकको स्वास्थ्य अधिकारको रक्षा गर्न सबै लाग्नुपर्ने खाँणले बताए ।
शिविरमा महिलाहरुको तल्लो पेट दुख्ने, पिसाव पोल्ने, पाठेघर खस्ने, महिनावारी अनियमीत हुने, सेतो पानी तथा गनाउने पानी बग्ने लगायतको महिलासंग सम्वन्धित रोगहरुको निशुल्क उपचार र पाठेघरको क्यान्सरको शंका भएकालाई निशुल्क पप स्मर टेस्ट समेत गरिएको छ । चापाकोटका सूचना अधिकारी बिन्दु कोइरालाले शिविरमा ५ जना आङ खसेका, १ जना ट्युमर देखिएका र २ जना क्यान्सरका बिरामी भेटिएको बताए । महिलाहरुको रोग सम्वन्धि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेकामा स्थानीयले खुसी व्यक्त गरेका छन् । विशेषज्ञ डाक्टरहरुको परामर्शबाट सिफारिस गरिए अनुसार आवश्यकीय औषधी निशुल्क प्राप्त गर्दा बिरामीहरु खुशी देखिन्थे ।
शिविरमा ३ सय ९२ जना महिलाहरुको स्वास्थ्य जाँच गरिएको निम सस्थाका अध्यक्ष शंकर गैह्रेले जानकारी दिए । शिविरमा ३० देखि ७० वर्ष सम्मका महिलाहरुले सेवा लिएको गैह्रेले बताए । शिविरमा स्वास्थ्य समस्याको उपचार तथा रोग प्रतिरोधात्मक परामर्श प्रदान गरिएको गैह्रेको भनाई छ । कालीगण्डकीको काखमा रहेको चापाकोट राष्ट्रिय राजमार्गसँग नजोडिएको नगरपालिका हो । मनोसामाजिक तथा शारिरिक अवस्था कमजोर रहेका महिलाहरुलाई आफ्नै दैलो अगाडी गम्भिर स्वास्थ्य सेवाका आवश्यकतालाई पुर्ति गर्न शिविरले महत्वपूर्ण भुमिका खेलेको वडा नं. ८ का वडाध्यक्ष टोपलाल न्यौपानेले बताए ।
समाचार
थप सामाग्री-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि
पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…


