विरुवा गाउँपालिकामा पोसिलो झोला वितरण

विरुवा :
स्याङ्जाको विरुवा गाउँपालिकामा पोसिलो झोला वितरण गरिएको छ ।
गाउँपालिका भित्र रहेका गाउँपालिका २ सय ६४ महिलाहरुलाई पोसिलो झोला वितरण गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोगन सिंह थापाले जानकारी दिनुभयो ।
सुनौलो हजार दिनका महिलाहरुलाई पोखिलो खानेकुराको आवश्यक्ता पर्ने भएकोले पोषण युक्त खानेकुराहरु खानुपर्छ भन्ने सन्देश दिने उद्देश्यले सुनौलो हजार दिनका महिलाहरुलाई पोसिलो झोला वितरण गरिएको शाखा प्रमुख थापाले बताउनुभयो ।
पोषण युक्त खाने कुराका साथै सरसफाइ संग सम्बन्धीत सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
दैनिक खानेखानालाई पोषण युक्त बनाउन नमुनाको रुपमा सन्तुलित आहार राखिएको खाद्यय सामग्री सहितको झोला वितरण गरिएको हो । पालिका भित्र रहेका सुनौलो हजार दिनका महिलाहरुलाई एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवरले पोसिलो झोला वितरण गर्नुभएको हो ।
समाचार
थप सामाग्री-
नगर स्तरीय हाजिरजवाफ प्रतियोगितामा शिबालय मावि प्रथम ।
-
आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि
-
अमेरिकाबाट फर्किएर दिपकजङ्ग विश्वकर्माको शैक्षिक अभियान, ‘एक करोडको कोष निर्माण’ ।
-
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्
-
नेपालको शिक्षामा हाम्रो साथ सहयोग हुने छ : क्रिश हयूज

लागुऔषध मुद्धामा संलग्न रही ११ बर्ष देखी फरार व्यक्ति पक्राउ
१ दिन अगाडि
स्याङ्जा : लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा फरार रहेका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । तत्कालिन…