अर्जुनचौपारीमा गण्डकीकै दोस्रो ठूलो हेलिप्याण्ड
स्याङ्जा:
स्याङ्जाको अर्जुन चौपारीमा गाउँपालिका १ मा गण्डकीकै दोस्रो ठू्रलो हेलिप्याड बन्ने भएको छ । नेपाल सेना र अर्जुन चौपारी गाउँपालिकाको सहकार्यमा बन्ने हेलिप्याड पोखरा एयरपोर्टपछिको सवैभन्दा ठूलो हुनेछ ।
जिल्ला भित्र पर्ने जोखिमको बेला उद्धारमा टेवा पु¥याउने उदेश्यले सेनासँगको सहकार्यमा हेलिप्याण्ड निर्माण थालिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । हेलिप्याण्ड निर्माणमा प्राविधिक डिजाइन र श्रम सहयोग समरदल गुल्मको रहेको छ भने गाउँपालिकाले आवश्यक निर्माण सामग्रीको पूर्ति गरेको छ ।
नेपाली सेनाका क्याप्टेन धनबहादुर तामाङको नेतृत्वमा २० जनाको श्रमद्धान रहेको छ भने पालिकाले ढुङगा, गिटी, बालुवा सिमेन्ट लगानी गरेको छ ।
६०/६० फिट लम्बाई र चौडाइएको हेलिप्याड बन्ने र बाहिरी जिल्लामा रहेकामध्ये सबै भन्दा ठूलो रहेको ३ नम्बर बाहिनीपति गौरव केसीले बताए । आठ लाख खर्च हुने अनुमान गरिएको हेलिप्याडमा एमआई १७ अवतरण गर्न सक्नेछ ।
उनका अनुसार हेलीप्याड निर्माण सकिएसँगै सेनाको हेलिकोप्टरले परीक्षण उडान भर्नेछ ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


