आँधीखोलामा दश किमी सडक कालोपत्रे
स्याङ्जा, असार १० गते।
आँधीखोला गाउँपालिका र पूर्वाधार विकास कार्यालयले १०.२ किलोमिटर सडक कालोपत्रे गरेका छन्। यहाँ पूर्वाधारले आठ किलोमिटर कालोपत्रे गर्दा गाउँपालिकाले आफ्नो लगानीमा २.२ किलो मिटर सडक कालोपत्रे गरेको हो। पूर्वाधार विकास कार्यालय स्याङ्जाले सिद्धार्थ राजमार्ग नागडाँडाबाट पर्वतको कार्की नेता जोड्ने सडकको सेपत हिलेखोला दोस्रो खण्ड डीबीएसटी कालोपत्रे गरेको हो।
सेपत हिलेखोला खण्डको साढे नौ किलोमिटरमध्ये सात किलोमिटर सडक कालोपत्रे भएको कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो। सडक महालक्ष्मी पाण्डे एण्ड कम्पनी शान्ति जेभीले २०८८ मंसिरमा दुई वर्षमा सक्ने गरेर सम्झौता गरेको थियो। निर्माण कम्पनीले १९ करोड ९० लाख पाँच हजार ८३१ रुपियाँमा सम्झौता गरेको थियो।
सडकको बाँकी डेढ किलोमिटर सम्झौताको समय अगावै सकिने बताउँदै अर्यालले काम तीब्र गतिमा अगाडि बढेको बताउनुभयो। यो सडकको पहिलो खण्ड १० किमी ओयसिस निर्माण सेवाले डीबीएसटी कालोपत्रे गरेको थियो।
यस्तै पालिकाले गाउँपालिका आफ्नो लगानीमा जरेखोला मडुवा सडक प्रिमिक्स कालोपत्रे गरेको हो। पालिकाले २.२ किमी सडक दुई करोड २६ लाख मा अनसुबी स्वर्णिम जेभी पोखराले कालेपत्रे गरेको हो।
२०७९ साउन १६ गते एक वर्षमा काम सक्ने गरेर सम्झौता गरेको स्वर्णिमले म्याद सकिन दुई महिना अगावै कालोपत्रे गरेको हो। यहाँ कालेपत्रेका साथै सडक क्वाट आई, मिरर, सडक दुर्घटना बचावटका लागि स्टिलबार र पेन्टिङ समेत गरिएको इन्निनियर प्रकाश पौडेलले जानकारी दिनुभयो।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


