आँधीखोलामा दश किमी सडक कालोपत्रे

स्याङ्जा, असार १० गते।
आँधीखोला गाउँपालिका र पूर्वाधार विकास कार्यालयले १०.२ किलोमिटर सडक कालोपत्रे गरेका छन्। यहाँ पूर्वाधारले आठ किलोमिटर कालोपत्रे गर्दा गाउँपालिकाले आफ्नो लगानीमा २.२ किलो मिटर सडक कालोपत्रे गरेको हो। पूर्वाधार विकास कार्यालय स्याङ्जाले सिद्धार्थ राजमार्ग नागडाँडाबाट पर्वतको कार्की नेता जोड्ने सडकको सेपत हिलेखोला दोस्रो खण्ड डीबीएसटी कालोपत्रे गरेको हो।
सेपत हिलेखोला खण्डको साढे नौ किलोमिटरमध्ये सात किलोमिटर सडक कालोपत्रे भएको कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो। सडक महालक्ष्मी पाण्डे एण्ड कम्पनी शान्ति जेभीले २०८८ मंसिरमा दुई वर्षमा सक्ने गरेर सम्झौता गरेको थियो। निर्माण कम्पनीले १९ करोड ९० लाख पाँच हजार ८३१ रुपियाँमा सम्झौता गरेको थियो।
सडकको बाँकी डेढ किलोमिटर सम्झौताको समय अगावै सकिने बताउँदै अर्यालले काम तीब्र गतिमा अगाडि बढेको बताउनुभयो। यो सडकको पहिलो खण्ड १० किमी ओयसिस निर्माण सेवाले डीबीएसटी कालोपत्रे गरेको थियो।
यस्तै पालिकाले गाउँपालिका आफ्नो लगानीमा जरेखोला मडुवा सडक प्रिमिक्स कालोपत्रे गरेको हो। पालिकाले २.२ किमी सडक दुई करोड २६ लाख मा अनसुबी स्वर्णिम जेभी पोखराले कालेपत्रे गरेको हो।
२०७९ साउन १६ गते एक वर्षमा काम सक्ने गरेर सम्झौता गरेको स्वर्णिमले म्याद सकिन दुई महिना अगावै कालोपत्रे गरेको हो। यहाँ कालेपत्रेका साथै सडक क्वाट आई, मिरर, सडक दुर्घटना बचावटका लागि स्टिलबार र पेन्टिङ समेत गरिएको इन्निनियर प्रकाश पौडेलले जानकारी दिनुभयो।
समाचार
थप सामाग्री-
नगर स्तरीय हाजिरजवाफ प्रतियोगितामा शिबालय मावि प्रथम ।
-
आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि
-
अमेरिकाबाट फर्किएर दिपकजङ्ग विश्वकर्माको शैक्षिक अभियान, ‘एक करोडको कोष निर्माण’ ।
-
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्
-
नेपालको शिक्षामा हाम्रो साथ सहयोग हुने छ : क्रिश हयूज

लागुऔषध मुद्धामा संलग्न रही ११ बर्ष देखी फरार व्यक्ति पक्राउ
१ दिन अगाडि
स्याङ्जा : लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा फरार रहेका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । तत्कालिन…